काममा ढिला सुस्ती गर्ने ठेकेदार प्रहरी फन्दामा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • पोखरा, ४ जेठ ।
  •   ठेक्का लिएको काममा ढिला सुस्ती गरेको भन्दै कास्की प्रहरीले पक्राउ गरेको छ ।
  • कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ का सुरेन्द्र बस्नेत सिरुवा कन्सक्ट्रनका प्रमुखलाई पक्राउ गरेको हो ।

पोखरा, ४ जेठ ।  ठेक्का लिएको काममा ढिला सुस्ती गरेको भन्दै कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ का सुरेन्द्र बस्नेत सिरुवा कन्सक्ट्रनका प्रमुखलाई पक्राउ गरेको हो ।

स्थानीयले काममा ढिला सुस्ती भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिए पछि कास्की प्रशासनको आदेशमा प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

बस्नेतलाई बिहीबार पक्राउ गरी शुक्रबार छाडिएको उनले बताए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ गगनगौडा स्थित पृथ्वि राजमार्ग सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ति गरेको कारण सवारी साधनहरुको आवागमनमा असर परेको र प्रदुषणको कारण स्थानियवासीहरुको स्वास्थ्यमा असर गरेको भन्दै स्थानीले उजुरी  गथरेका थिए ।

बस्नेतले जिम्मा लिएको निर्माण कार्यलाई कुनै पनि ढिलासुस्ति नगरी स्तरिय रुपमा छिटो भन्दा छिटो सक्ने सर्तमा छाडिएको खत्रीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?