सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण

सारांश

  • काठमाडौं, १३ माघ ।
  • गायिका आस्था राउतले गत हप्ता सिक्किममा हंगामा मच्चाइन् ।
  • सिक्किममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले हंगामा मच्चाएको बताएकी थिइन् ।

काठमाडौं, १३ माघ । गायिका आस्था राउतले गत हप्ता सिक्किममा हंगामा मच्चाइन् । सिक्किममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले हंगामा मच्चाएको बताएकी थिइन् ।

सिक्किम पुगेर कार्यक्रम नहुँदै सामाजिक सञ्जालमा भिडियोमार्फत् आफू आउने भएपछि सिक्किममा हंगामा मच्चिाएको बताएकी थिइन् । सिंगो सिक्किमप्रति आफ्नो आगमनको चासो र चर्चा रहेको बताइन् । झापाको भद्रपुरबाट काकडभिट्टा सीमा कटेर सिलगुढी हुँदै आस्था सिक्किम पुगेकी हुन् । सिक्किम जानका लािग भद्रपुरतर्फ प्रस्थान गर्दा त्रिभुवन विमानस्थलमा प्रहरीसँग उनको विवाद भएको थियो ।

आस्थाले ज्याकेट खोल्नुपर्ने विषयमा विवाद हुँदा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको र त्यसपछि सामाजिक सञ्जालमा भिडियो राखेर गालीगलौज गरेकी थिइन् । त्यसपछि उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । उनीमाथि सुरक्षाजाँचमा रहेकी महिला प्रहरी जवानले उजूरी गरेकी थिइन् ।
विमानस्थलको भिडियो फुटेज हेरेर महानगरीय प्रहरी रानीपोखरीले कारबाही प्रक्रिया अगाडि बढाउन टेकुस्थित परिसरलाई पत्र लेखेको थियो ।

टेकुले आस्थालाई प्रहरीमा हाजिर हुन भनेको थियो । प्रहरीले हाजिर हुन भनेपछि टेकु पुगेकी आस्थालाई नियन्त्रणमा लिएको थियो । अब उनलाई कारबाहीका लागि प्रक्रिया बढाइएको छ । आस्थामाथि अभद्र व्यवहारसम्बन्धित अभियोगमा म्याद थपको तयारी भइरहेको छ । अभद्र व्यवहारको म्याद जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले हेर्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
असार १८ गते बुधबारको राशीफल यस्तो छ
तोकिएकै समयमा निर्वाचन हुन्छ -मन्त्री विश्वकर्मा
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
विद्यालय शिक्षासम्बन्धी विधेयक सहमतिमा पारित गर्न माग
विद्यालय शिक्षासम्बन्धी विधेयक सहमतिमा पारित गर्न माग

तपाईंले छुटाउनुभयो कि?