चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !

सारांश

  • काठमाडौं, २७ बैशाख ।
  • विधिको शासन जगाउन भन्दै आधुनिक मलेसियाका पिता ९२ वर्षीय महाथिर मोहम्मद फेरि सत्तामा पुग्ने भएका छन् ।
  • उनले सत्ता छाडेका उनका चेलाले मलेसियालाई तहसनहस पारेको भन्दै विपक्षीसंग मिलेर महाथिर फेरि राजनीतिमा फर्केका हुन् ।

काठमाडौं, २७ बैशाख । विधिको शासन जगाउन भन्दै आधुनिक मलेसियाका पिता ९२ वर्षीय महाथिर मोहम्मद फेरि सत्तामा पुग्ने भएका छन् ।

उनले सत्ता छाडेका उनका चेलाले मलेसियालाई तहसनहस पारेको भन्दै विपक्षीसंग मिलेर महाथिर फेरि राजनीतिमा फर्केका हुन् ।

वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका थिए । तर पछिल्लो समय उनी भ्रष्टाचारलगायतका मुद्दामा उनले प्रधानमन्त्री नजीब रजाकको कडा आलोचना गर्दै विपक्षी गठबन्धन बनाएका थिए ।

उनी विश्वकै सबैभन्दा जेठा विजेता नेता बन्नसमेत सफल भएका छन् । २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको छ । यो संख्या सरकार बनाउनका लागि आवश्यक ११२ भन्दा बढी हो ।

लज्जास्पद हारपछि प्रधानमन्त्री नजीब रजाकले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?