भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
२८ पटक हेरिएको
Shares
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’

सारांश

  • –जनक श्रेष्ठ गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ ।
  • घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न थालेको हो ।
  • उक्त ‘रक गार्डेनको अवधारणा लागू गरेको र यतिबेला पर्यटक आगमनको चाप बढ्न थालेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले बताउनुभयो ।

–जनक श्रेष्ठ
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ ।

घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न थालेको हो ।

उक्त ‘रक गार्डेनको अवधारणा लागू गरेको र यतिबेला पर्यटक आगमनको चाप बढ्न थालेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले बताउनुभयो । आन्तरिक पर्यटक होस् या विदेशी पर्यटक यहाँ आउने जो कोही पनि रक गार्डेनको सुन्दरता देखेर तीन छक्क पर्ने गर्छन् । सुन्दरताको खानी ‘रक गोर्डेन’ पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठूला ठूला सुरुङ भेटिन्छन् । मनै लोभ्याउने ‘रक गोर्डेन’ हेर्न तथा अवलोकन गर्नलाई आधा घण्टाभन्दा बढी समय लाग्छ । एउटा पहराबाट अर्को पहरामा जानका लागि चार वटा पुल निर्माण गरिएको छ ।
त्यस्तै, पहराभित्र रहेको सुरुङमा समेत विभिन्न कुराहरु हेर्न सकिन्छ । सुरुङ पुरै घुम्नलाई करिब डेढ घण्टा समय लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रक गोर्डेनमा नरमाउने त सायदै होलान् । “अहिलेसम्म यस्तो चट्टाङ देखेकी थिइन् । प्राकृतिक सुन्दरता पनि भेटे । यस्तो रकगार्डेनले स्वर्ग मै आएको अनुभूति दिलाएको महसुस भएको पर्यटक यूनिता श्रेष्ठले बताउनुभयो ।”

त्यस्तै बेँसीशहरबाट रकगार्डेन हेर्न पुगेका सुकराम दुलालले भन्नुभयो, “घुम्नका लागि पुग्नैपर्ने ठाउँ रहेछ खानीगाउँ रक गार्डेन । यहाँ पहाडी तथा ग्रामीण भेगका पर्यटकभन्दा अझ बढी शहर बजार र तराईतिरको पर्यटकका लागि एकदम उत्तम हुनसक्ने उहाँको भनाइ छ । भित्रै खान बस्न र रमाइलो गर्नका लागिसमेत उचित रहेकाले ‘रक गार्डेन’ ले थप मन लोभ्याएको दुलाल भन्नुभयो । त्यस्तै त्यहाँ विदेशी पर्यटक आउँदा कति पर्यटक त ओड्ने ओछ्याउने कपडा ल्याएर त्यहाँस्थित गुफाभित्रै सुत्ने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “रक गार्डेन पर्यटकीय हिसाबले निकै सम्भावना भोकेको छ ।”

यहाँ अहिले आन्तरिकभन्दा विदेशी पर्यटक बढी आउने गरेको समितिका सचिव सीता गुरुङले बताउनुभयो । “रक गार्डेनले भ्रमण वर्ष सफल बनाउनका लागि समेत टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “भ्रमण वर्षको शुरुआतदेखि यता विदेशी र आन्तरिक पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।”

पर्यटकलाई आकर्षित गर्न रक गार्डेनलाई अझै थप व्यवस्थित बनाउने योजना रहेको सो समितिले जनाएको छ । समितिका अनुसार रक गार्डेनको स्तर उन्नतीका लागि जिल्ला समन्वय समिति, मस्र्याङ्दी गाउँपालिका, वडा कार्यालय लगायतको सहयोग छ । हालसम्म रु २१ लाख रक गार्डेनमा खर्च भएको समितिका अध्यक्ष गुरुङले बताउनुभयो । गार्डेनभित्रै सुत्न र बस्न व्यवस्था मिलाइएको छ भने शौचायलयको व्यवस्था समेत मिलाइएको छ । केही दिनबाट बाइकको ट्रयाकसमेत खोल्ने तयारीमा रहेको बताइएको छ । गार्डेनसँगै घरवास (होमस्टे) को अवधारणा पनि अघि बढाएका छन् ।

सो स्थानमा आउने पर्यटकलाई मध्यनजर गर्दै अहिले १० घरमा होमस्टे सञ्चालन गरिएको सो समितिले जनाएको छ । भगवान्ले फुर्सदमै बनाएको जस्तै एकदम कलात्मक सुन्दर तरिकाले प्रकृतिको सिर्जना गरेको देख्न पाईन्छ यहाँ । चक्रीय अन्नपूर्ण पदमार्गको नजिकै रहेको लमजुङ बेँसीशहरबाट बेँसीशहर चामे मनाङ जाने सडकखण्ड, रामबजार हुँदै उक्त स्थान पुग्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ
संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ
फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
मोडलिङमा सविता
मोडलिङमा सविता
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक
बुलिङटारमा काँग्रेस विजयी
बुलिङटारमा काँग्रेस विजयी
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा
चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द
चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)

तपाईंले छुटाउनुभयो कि?