काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित

सारांश

  • पोखरा, ६ जेठ ।
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यलयमा काम नगरी समय बिताउने कर्मचारी राष्ट्रसेवक नरहेको बताएका छन् ।
  • कास्की जिल्लास्थित सरकारी कार्यलयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले कार्यलय समयमा ट्रेड युनियन गतिविधि हन नहुने बताएका हुन् ।

पोखरा, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यलयमा काम नगरी समय बिताउने कर्मचारी राष्ट्रसेवक नरहेको बताएका छन् ।

कास्की जिल्लास्थित सरकारी कार्यलयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले कार्यलय समयमा ट्रेड युनियन गतिविधि हन नहुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पारे ।

मन्त्री पण्डितले खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिँदै केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताए। सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा रहेको समेत उनले बताए ।

वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उनले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिनेमा विश्वस्त रहन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?