टुँडिखेलमा झुण्डिएर मर्छु: एकनाथ ढकाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
टुँडिखेलमा झुण्डिएर मर्छु: एकनाथ ढकाल

सारांश

  • काठमाडौँ,२७ मंसिर ।
  • युनिभर्सल पिस फेडेरेसन (युपीएफ) नेपालका अध्यक्ष एकनाथ ढकालले आफूलार्इ असुरक्षा बढेको भन्दै सरकारसँग सुरक्षा दस्ता माग गरेका छन् ।
  • उनले हालै सम्पन्न विवादास्पद एसिया प्यासिफिक सम्मेलनपछि विभिन्न तहबाट गाली-गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानमर्दन गरेर मानसिक यातना दिने काम भएको बताएका छन् ।

काठमाडौँ,२७ मंसिर । युनिभर्सल पिस फेडेरेसन (युपीएफ) नेपालका अध्यक्ष एकनाथ ढकालले आफूलार्इ असुरक्षा बढेको भन्दै सरकारसँग सुरक्षा दस्ता माग गरेका छन् । उनले हालै सम्पन्न विवादास्पद एसिया प्यासिफिक सम्मेलनपछि विभिन्न तहबाट गाली-गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानमर्दन गरेर मानसिक यातना दिने काम भएको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका ढकालले सम्मेलन गरेर कुनै गलत काम नगरेको दाबीका साथ आफूविरुद्ध लागेका आरोपहरु पुष्टि भएमा झुण्डिएर मर्न तयार रहेको बताएका छन् । आफूनिकटको एक अनलाइन पोर्टललार्इ अन्तर्वार्ता दिँदै उनले भनेका छन् ‘म विरुद्ध लागेका आरोपहरुको निन्दा गर्न चाहन्छु । म के प्रष्ट रुपमा भन्न चाहन्छु भने ती आरोपहरु पुष्टि गर्न चुनौती दिन्छु । देश, नेपाली जनता र राष्ट्रको अहितमा कुनै काम भएको छ भने एकनाथ ढकाल टुँडिखेलमा झुण्डिएर मर्न तयार छ ।’

सम्मे‍लनपछि चरम विवादमा तानिएका ढकालले विविध प्रश्नहरुको उत्तर दिँदै आफू र आफ्ना गुरु फादर मुन(सन म्योंग मुन)को बचाउ गरेका छन् । सुरुमा फादर मुन अमेरिकामा गतिविधि गर्दा जेल परेको र पछि अमेरिकी कंग्रेसबाटै पुरस्कार समेत पाएको उनको दाबी छ । ढकालले आफूलार्इ सच्चा राष्ट्रवादी भन्दै कहिल्यै पनि देश र जनताको अहितमा काम नगरेको जिकिर समेत गरेका छन् । उनले आफूहरुको मिसन केवल धर्म प्रचार गर्नु मात्र नरहेको दाबी गर्दै आए पनि उनका छद्म गतिविधिहरुले यस कुराको पुष्टि गरिरहेकै छन् ।

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले युपीएफका विवादास्पद र छद्म गतिविधिप्रति आपत्ति जनाउँदै संस्थालार्इ नेपालमा प्रतिबन्ध लगाउन माग समेत गरिसकेका छन् । यसअघि नै राप्रपाका कमल थापा, नयाँ शक्तिका डा बाबुराम भट्टरार्इ, विवेकशील साँझाका नेताहरु, नेमकिपालगायतका नेताहरु र स्वयं सत्तारुढ दल नेकपाका वरिष्ठ नेता भीम रावल, घनश्याम भुषाललगायतले युपीएफका गतिविधिसँग सरकारको आबद्धतामाथि गम्भीर प्रश्न उठाइसकेका छन् । अब यो बहस जनस्तरबाट राजनीतिक वृत्तमा पुगिसकेको छ भने यसले संसदमा समेत प्रवेश पाउने संकेत देखिएको छ ।

सुरुमा ढकालले युपीएफ र आफ्नो राजनीतिक संगठन नेपाल परिवार दलमा आबद्ध सबैले युनिफिकेशन चर्चका नियम मान्नैपर्ने र फादर मुनको धर्मशास्त्र अँगाल्नुपर्ने नियम लादेका थिए । तर विवाद बढ्दै जान थालेपछि अहिले भने यसमा आबद्धहरुलार्इ धर्मान्तरणलार्इ अनिवार्य गरिएको छैन तर आफ्नो धर्मका साथै फादरमुनको धर्म ((जुन मूल क्रिश्चियानिटीबाट अपभ्रंशको रुपमा विकसित गरिएको छ) लार्इ पनि पालना गर्नुपर्ने नियम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरका ‘निर्वाचित’ जनप्रतिनिधि निरास, नगरका योजना अलपत्र
भरतपुरका ‘निर्वाचित’ जनप्रतिनिधि निरास, नगरका योजना अलपत्र
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
डोटीमा खाना पकाउने ग्यासको अभाव
डोटीमा खाना पकाउने ग्यासको अभाव
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
आजको मौसमः देशैभरी पानी पर्ने
आजको मौसमः देशैभरी पानी पर्ने
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह

तपाईंले छुटाउनुभयो कि?