कार्य क्षेत्रमा खटिँदा मारिने सैनिकको परिवारलाइ सात वर्षसम्म पूरा पारिश्रमिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १५ साउन ।
  • कार्य क्षेत्रमा खटिँदा मारिने सैनिकको परिवारले सात वर्षसम्म पूरा पारिश्रमिक पाउने भएका छन् ।
  • भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक परिवारलाई राहत दिन नियमावली संशोधन गरिएको जानकारी दिए ।

काठमाडौं, १५ साउन । कार्य क्षेत्रमा खटिँदा मारिने सैनिकको परिवारले सात वर्षसम्म पूरा पारिश्रमिक पाउने भएका छन् । भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक परिवारलाई राहत दिन नियमावली संशोधन गरिएको जानकारी दिए । उनले पीडित सैनिक परिवारलाई सम्बोधन गर्न सरकार लागिपरेको बताए ।

गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले नियमावली संशोधन गरेको हो । नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गरिने व्यवस्था पनि छ ।
त्यसैगरी सैनिक जंगी कारवाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि नियमावलीमा छ । त्यस्तै, कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा परिवारलाई निवृत्तिभरण र उपदान तथा छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?