फ्रान्समा तेस्रो लकडाउनको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
फ्रान्समा तेस्रो लकडाउनको घोषणा

सारांश

  • फ्रान्समा फेरि लकडाउनको घोषणा गरिएको छ ।
  • फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका हुन् ।
  • कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरिएको बताइएको छ ।

फ्रान्समा फेरि लकडाउनको घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका हुन् ।

कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरिएको बताइएको छ ।

शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ। राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए।

म्याक्रोंले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन्। फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टसहित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको छ।

अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन्।बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर म्याक्रोंले अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेको बताइएको छ।

म्याक्रोंले यसअघि महामारीमा पनि अर्थतन्त्रलाई चलायमान बनाइरहने र बालबालिकाको पढाइमा अवरोध हुन नदिने बताउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राजिल फुटबलका अन्तरिम प्रशिक्षक बर्खास्त
ब्राजिल फुटबलका अन्तरिम प्रशिक्षक बर्खास्त
अमेरिकी डलरको भाउ बढ्यो
अमेरिकी डलरको भाउ बढ्यो
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
जानकी मन्दिरमा के लेखे भारतीय प्रधानमन्त्री मोदीले ?
जानकी मन्दिरमा के लेखे भारतीय प्रधानमन्त्री मोदीले ?
बादलका कारण रोकियो पोलिटव्यूरो गठन, तनावमा प्रचण्ड !
बादलका कारण रोकियो पोलिटव्यूरो गठन, तनावमा प्रचण्ड !
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
यी कम्पनीहरुले दिन्छन् धेरै लाभांश
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन

तपाईंले छुटाउनुभयो कि?