ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १, २०७७
|
|
४३ पटक हेरिएको
Shares
ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीरुपी सवारीमा अहिले दुईजना चालक छन् ।
  • एकजना एकातर्फ सवारीलाई लान खोजिरहेका छन् भने अर्काचाहिं अर्कातर्फ ।
  • नेकपाभित्र दुई चालकको यही द्वन्द्वले दुर्घटनाको अवस्था ल्याएको छ ।

नेपाल कम्युनिस्ट पार्टीरुपी सवारीमा अहिले दुईजना चालक छन् । एकजना एकातर्फ सवारीलाई लान खोजिरहेका छन् भने अर्काचाहिं अर्कातर्फ । नेकपाभित्र दुई चालकको यही द्वन्द्वले दुर्घटनाको अवस्था ल्याएको छ ।

यसपटक नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै आक्रामक बनेका छन् । दुवैले एक अर्कालाई असफल प्रमाणित गर्न राजनीतिक प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पुर्याएका छन् । जुन एक अर्काविरुद्ध आरोपले भरिएको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका छन् ।

पार्टी बैठकमा प्रचण्ड आक्रामक बनेपछि ओलीले घटनालाई अन्यत्र मोडिदिएका छन् । उनले संवैधानिक परिषदको बैठक डाकेर संवैधानिक निकायमा नियुक्तिको तयारी गरे । तर, त्यसमा पनि आफूले रोजेकालाई नियुक्त गर्न खोजे । यसमा ओलीलाई असफल बनाउन प्रचण्डले अर्को कार्ड प्रयोग गरे । सभामुख अग्नि सापकोटा संवैधानिक परिषदको बैठकमा सहभागी भएनन् ।

प्रचण्डले ओलीलाई संवैधानिक निकायमा नियुक्त गर्न रोक्न खोजेपछि ओली फेरि आक्रामक बने । उनले अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी ऐन नै संशोधन गरे । बैठक राखी निर्णय त गरेनन् तर त्यसको तयारी गरिसकेका छन् ।

ओलीलाई अध्यादेश फिर्ता गराउन नेकपाभित्रबाट प्रचण्डले दबाब सृजना गरिरहेका छन् । तर, ओली मानिरहेका छैनन् । विश्वस्त स्रोतका अनुसार उनले यसमा पनि शर्त राखेका छन् । संवैधानिक निकायमा नियुक्तिमा सहमति देखि स्थायी कमिटीमा पुगेको राजनीतिक प्रतिवेदन फिर्ता सम्मको शर्त ओलीको छ । तर, प्रचण्ड मानेका छैनन् ।

ओलीले फेरि अन्य अध्यादेश समेत ल्याउने संकेत गरेका छन् । संसदको विशेष अधिवेशनका लागि २५ प्रतिशत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेकपाका ओलीइतर समूहका नेताहरु पुगेका छन् । अधिवेशन डाक्नुपर्ने वाध्यात्मक अवस्था आएमा ओलीले फेरि अध्यादेश ल्याउन सक्नेछैनन् । त्यस्तो अवस्थामा उनीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता हुनसक्छ । यसलाई बुझेका ओलीले कठोर कदम चाल्ने सम्भावना पनि रहेको छ । त्यो अवस्था भनेको संसद बिघटन देखि मध्यावधि चुनावको घोषणा पनि हुनसक्छ ।

जहिले पनि राजनीतिमा आक्रामक बन्दै आएका ओली र प्रचण्ड दुवैको शक्तिसंघर्षले नेकपालाई दुर्घटना नजिक पुर्याएको छ । यसले देशको राजनीतिक व्यवस्थालाई नै जोखिममा पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
राजनीतिक मुद्दा फिर्ता लिनसक्ने प्रस्तावबाट पछि हट्यो सरकार
राजनीतिक मुद्दा फिर्ता लिनसक्ने प्रस्तावबाट पछि हट्यो सरकार
३३ किलो सुन प्रकरणमा मुछिएका थाइ एयरवेजका कर्मचारी निष्कासित !
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
आजदेखि सुरु भयो कांग्रेसको घर–घर जाऔं कांग्रेस जिताऔ अभियान
IS loses Strongholds in Syria and Iran
IS loses Strongholds in Syria and Iran
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
सप्तऋषीको पूजा गरी ऋषीपञ्चमी बनाइदै
सप्तऋषीको पूजा गरी ऋषीपञ्चमी बनाइदै