धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर

सारांश

  • काठमाडौं, २३ फागुन – गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् ।
  • गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, २३ फागुन – गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् । गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्। आजको नागरिक दैनिकमा खबर छ ।

रेखाको संस्था रेखा शाह फाउन्डेसनको आयोजनामा हुन लागेको कार्यक्रम उनले नारीको सम्मानार्थ गर्न लागेको बताइन् । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’उनले भनिन्,‘मार्च महिना नारी विशेष महिना हो । म आफै लैंगिक विषयको विद्यार्थी हुँ।

त्यसकारण नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दैछु ।’ उनले कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्दै आइरहेको फाउन्डेसनले विभिन्न क्षेत्रका आधा दर्जन नारीहरूलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्ने बताइन्।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायनमा ‘सिमसिमे पानीमा’ले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थी पनि हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले ‘द लाइन’, ‘आकृति’, ‘स्मृति’जस्ता एल्बमहरू प्रकाशन गरेकी छिन् । उनले गाएका ‘तिमीलाई केही हु“दै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखुँ भने’ लगायतका गीत चर्चित छन्।

एकल कार्यक्रममा रेखाले आफ्नासहित शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका डेढ दर्जन गीत सुनाउनेछिन् । कार्यक्रममा उनलाई ‘द लिजेन्ड व्यान्ड’ले वाद्यवादनमा र युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
कुन देशमा दशैंको टीकाको साइत कहिले
कुन देशमा दशैंको टीकाको साइत कहिले
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज

तपाईंले छुटाउनुभयो कि?