संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण

सारांश

  • बीबीसी।
  • जम्मू(कश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएको बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन्।
  • उनले भारत र पाकिस्तानले सन् १९७२ मा कश्मीर विवाद समाधान गर्न गरेको शिमला सहमतिको स्मरण गराएका छन्।

बीबीसी। जम्मू(कश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएको बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन्।उनले भारत र पाकिस्तानले सन् १९७२ मा कश्मीर विवाद समाधान गर्न गरेको शिमला सहमतिको स्मरण गराएका छन्। भारत पनि जम्मू(कश्मीरबारे विद्यमान विवाद ुशिमला सहमतिु अनुसार नै गर्न इच्छुक भएको बताइन्छ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वको सरकारले यही हप्ता जम्मू(कश्मीर राज्यलाई दिएको विशेष संवैधानिक मान्यता अन्त्य गरिदिएको थियो।त्यसप्रति पाकिस्तानले गम्भीर आपत्ति व्यक्त गर्दै भारतसँगको कूटनीतिक सम्बन्ध घटुवा गर्ने र द्विपक्षीय व्यापार निलम्बन् गर्ने घोषणा गर्‍यो।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको कदमविरुद्ध संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्‌मा तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने घोषणा गरिसकेका छन्।तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो सरकारको निर्णयको प्रतिरक्षा गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले एउटा विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको स्थिति संयुक्त राष्ट्रसङ्घको बडापत्र र सुरक्षा परिषद्का प्रस्तावबाट निर्देशित हुने बताएका छन्। उक्त विज्ञप्तिमा सन् १९७२ मा गरिएको सहमतिको प्रसङ्ग उल्लेख भएको छ।

भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका राष्ट्रपति जुल्फिकर अली भुट्टोले सन् १९७२ जुलाई २ मा गरेको सहमतिमा जम्मू(कश्मीरबारे ुअन्तिम स्थितिको निर्धारण संयुक्त राष्ट्रको बडापत्रलाई विचार गरेर शान्तिपूर्ण तरिकाले गरिनेछु उल्लेख गरिएको छ।तर भारतले अहिले कश्मीरबारे चालिएको कदम आफ्नो आन्तरिक विषय भएको तर्क गरेको छ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले शिमला सहमतिको वैधानिकताको आफ्नो सरकारले परीक्षण गर्ने टिप्पणी गरेका छन्। भारत र पाकिस्तानबीच कश्मीरको स्वामित्वकै विषयमा युद्ध भइसकेका छन्।

सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तानको स्वतन्त्रताको विषयलाई लिएर पुनस् यी दुईबीच युद्ध भएको थियो। त्यसपछि सन् १९७२ मा शिमला सहमति भएको थियो।यसअघि पछिल्लो घटनाक्रमलाई लिएर राष्ट्रसङ्घले कश्मीरमा लगाइएको सञ्चार प्रतिबन्ध र पक्राउको विषयमा गम्भीर चासो व्यक्त गरेको थियो।

विद्यमान अवस्थामा मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने भन्दै राष्ट्रसङ्घका एक प्रवक्ताले चिन्ता प्रकट गरेका थिए।सन् १९४७ मा भारत(‍पाकिस्तान विभाजन भएपछि कश्मीरको केही भाग भारतको अधीनमा र केही भाग पाकिस्तानको अधीनमा गएका थिए।

सन् १९५४ मा कश्मीरका महाराज हरि सिंह र भारत सरकारबीच भएको सहमतिपश्चात् भारतका राष्ट्रपति राजेन्द्र प्रसादको आदेशले भारतको संविधानमा अनुच्छेद ३५ए थपिएको थियो। सो अनुच्छेदले कश्मीरका स्थायी बासिन्दाहरूलाई विशेषाधिकार दिएको थियो।भारत सरकारले जम्मू कश्मीर राज्यलाई विशेषाधिकार तथा विशेष मान्यता दिने संविधानको धारा ३७० र अनुच्छेद ३५ए खारेज गरेपछि विवाद बढेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
‘Leonardo da Vinci artwork’ sells for record $450m
‘Leonardo da Vinci artwork’ sells for record $450m
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने
एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि
विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार
विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार
जीपको ठक्करबाट थप एकको मृत्यु
जीपको ठक्करबाट थप एकको मृत्यु
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !

तपाईंले छुटाउनुभयो कि?