खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

सारांश

  • फलेवास, पर्वत, १३ साउन पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।
  • स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।
  • चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडाँैको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो ।

फलेवास, पर्वत, १३ साउन पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।

स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडाँैको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो ।

उनी नवजागृत उच्च मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए । बिदाको समयमा घरमा बसेका उनी आफँै खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी–६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । उनको राजधानीमा दाहसंस्कार गरिएको छ । लामिछानेको निधनले सिंगो विद्यालय र गाउँसमेत शोकमग्न बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?