राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन

सारांश

  • काठमाडौँ, १ असोज ।
  • राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो ।

काठमाडौँ, १ असोज । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले परिवर्तित सन्दर्भमा परिषद्को सचिवालयको सुदृढीकरण गर्न यसको पुनःसंरचना गर्ने काम अगाडि बढाउने निर्णयसमेत गरेको छ । सुरक्षा परिषद्ले नेपालको राष्ट्रिय सुरक्षा र हित विषयमा एकदिवसीय गोष्ठी गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने मस्यौदालाई पनि अन्तिम रुप दिने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता ऋषिराज भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद् र परिषद् सचिवालयबाट सम्पादन भएका काम उल्लेख हुने बताइएको छ । नेपालको संविधानमा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था रहेको छ ।

रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति सदस्य रहेको परिषद्को सदस्य सचिवमा रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्न लगाउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा
सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा
पुटिन रातो गुलाफको गुच्छा लिएर पुगे समाधिस्थल
पुटिन रातो गुलाफको गुच्छा लिएर पुगे समाधिस्थल
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी
आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
सरकारको कार्यशैली सर्वासत्तावाद उन्मुख : राप्रपा

तपाईंले छुटाउनुभयो कि?