यस कारण हारिन् आरजु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यस कारण हारिन् आरजु

सारांश

  • कैलाली, मंसिर २५ –कैलाली ५ लाई कांग्रेसको बलियो पकड भएको क्षेत्र हो ।
  • तर प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु देउवा पराजित हुनुभएको छ ।
  • प्रधानमन्त्री पत्नी देउवा करिब ५ हजार मतान्तरले पराजित हुनुभएको हो ।

कैलाली, मंसिर २५ –कैलाली ५ लाई कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । तर प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु देउवा पराजित हुनुभएको छ । प्रधानमन्त्री पत्नी देउवा करिब ५ हजार मतान्तरले पराजित हुनुभएको हो ।

कांग्रेसको बलियो पकड भएको कैलाली ५ मा आन्तरिक कलहका कारण पराजित हुनु परेको विश्लेषण गरिएको छ । पूर्वमन्त्री एवं कैलाली ५ का निवर्तमान सांसद पुष्करनाथ ओझाले गरेको असहयोगलाई कांग्रेस पराजयको कारणका रुपमा लिइँदैछ ।

कैलाली ५ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार प्रधानमन्त्री पत्नी आरजु देउवालाई पराजित गर्ने नारदमुनि राना पहिलो संविधान सभा निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए । राना २०५४ सालमा एमालेको तर्फबाट तत्कालीन धनगढी नगरपालिकाको उपमेयरमा पनि निर्वाचित भएका थिए । धनगढी उपमहानगरपालिका ८ मा २०२९ सालमा जन्मेका रानाले विद्यार्थीकालमा अनेरास्ववियुको राजनिति गरेका थिए ।

धनगढीका स्थायी बासिन्दा ४४ वर्षीय रानाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन । प्रधानमन्त्री पत्नी देउवाले आफूलाई स्थानीयको रुपमा देखाउन घर किनेको प्रचार गरेकी थिइन् ।

स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसले मेयर र उपमेयरसहित बहुमत वडामा जितेको थियो । केन्द्रले शक्तिको आडमा आरजुलाई टिकट दिएको भन्दै स्थानीय नेताहरु रुष्ट थिए । कैलाली ५ बाट दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका पुष्करनाथ ओझाले असहयोग गर्नु र वाम गठबन्धन एक ठाउँ हुनुलाई आरजुको पराजयको कारणका रुपमा लिइएको छ ।

कैलाली ५ मा रहेका राना समुदायका मत तान्न आरजुले स्थानीय तहमा माओवादी केन्द्रबाट मेयर उम्मेदवार भएका राम समझ रानालाई कांग्रेसमा प्रवेश गराएकी थिइन् । तर त्यसले पनि उनको अंकगणितमा सोचे अनुसारको फरक पार्न सकेन ।

गत असारमा भएको स्थानीय तहको विवादले यसपालीको निर्वाचनमा असर परेको देखियो । त्यस बेला टिकट पाउने बेलादेखि नै धनगढीमा कांग्रेस दुई गुटमा विभाजित थियो । विभिन्न वडाहरुमा शक्तिका आधारमा टिकट बाँडेको असन्तुष्टि मेटाउन नसक्नु पनि आरजुको हारको कारण कांग्रेसी नेता नै भन्न थालेका छन् ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड र र आसेपासे कार्यकर्ताले अरु धेरै कांग्रेसीलाई आरजुसम्म पुग्न नदिनु पनि उहाँको हारको कारण मानिन थालिएको छ । ओडले जातीयता र समुदायको वकालतमा हिँड्दा र आफूले जितेकै शैलीमा आरजुलाई हिँडाउने प्रयास गर्दा आरजु असफल भएको अनुमान गरिन थालिएको छ ।

क्षेत्र नम्बर ५ मा राना थारु र डोटीबाट झरेका समुदायको बाहुल्यता छ । आरजुलाई स्थानीय चुनावमा रानाथारु र डोटी घर भएकाहरुको मत नपाएर जितेको भन्ने रिपोर्टिङले पनि उहाँलाई नोक्सान पुगाएको तर्क गरिन थालिएको छ ।

लोकतन्त्रमा हारजित सामान्य कुरा हो, जसरी चुनाव प्रचारप्रसारका बेला आरजु यस क्षेत्रको विकास गर्नु भनेर सक्रिय हुनुभएको थियो, त्यसरी अबको पाँच वर्ष उहाँले यस क्षेत्रको विकासका लागि पहल गरेमा, त्यसपछि खोलो अवश्य फर्कने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
गुठी विधेयक फिर्ताका लागि पत्र दर्ता
गुठी विधेयक फिर्ताका लागि पत्र दर्ता
बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री
बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?