प्रधानमन्त्री ओली मुख्यसचिव रेग्मीसँग फायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
५० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली मुख्यसचिव रेग्मीसँग फायर

सारांश

  • प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
  • पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् ।
  • तरकारी विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् ।

तरकारी विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् ।

यो खबर शनिबारकोअन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ । ‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ,’ उनले मुख्यसचिवप्रति इंगित गर्दै भने । पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रम ओलीले चासो राखेका छन् ।

मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् ।

मन्त्रिहरुको समीक्षा गर्दा प्रायः कोही पनि प्रभावकारी हुन सकेका छैनन् । कर्मचारीतन्त्रले असहयोग गर्यो भन्दै बालुवाटारसम्म मन्त्रीहरुको गुनासो मात्र पुग्ने गरेबाट ओली र उनका निकटस्थहरु असन्तुष्ट बनेका छन् । काममा भन्दा प्रचारमा अधिकांश मन्त्रीहरु सक्रिय रहेको जानकारी ओलीसम्म पुगिरहेको छ ।

आर्थिक वर्षको अन्त्य कुरेर बसेका ओलीले साउन लाग्न वित्तिकै आश्चर्यजनक तरिकाले मन्त्रीहरुमा हेरफेर गर्ने तयारी गरेको उनी निकटस्थहरु बताउँन थालेका छन् । मन्त्रिमण्डल हेरफेरका लागि आन्तरिक तयारी समेत थालिएको छ ।

ओलीलाई मन्त्रिमण्डलमा हेरफेर गर्न दबाब बढिरहँदा उनले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । तरकारी परीक्षणको विषयमा मन्त्री देखि सरकार समेतलाई गुमराहमा राख्ने गतिविधिलाई ओलीले गम्भिरताका साथ लिएका छन् । त्यसको गहिरो छानविन भित्री रुपमा गरिरहेका छन् ।

ओलीको सल्लाकारमध्येबाट पनि हेरफेर गर्ने तयारी गरेको बुझिएको छ । उनका सल्लाहकारहरु पनि बेला बेलामा विवादास्पद भनाईले विवादमा तानिएका छन् । श्रोतका अनुसार ओलीले सल्लाहकारहरुमा पनि व्यापक परिवर्तन गर्न तय गरेका छन् ।

राक्षस गणका मानिसको स्वभाव यस्तो हुन्छ
मानिस जन्मिदा ग्रह नक्षत्र र गौचर अनुसार ती गणमा जन्मिन पुग्छन् । ज्योतिष विज्ञान अनुसार देव, मनुष्य र राक्षस तीन गण रहेका छन् । आज हामी राक्षस गणमा जन्मिएका मानिसको कस्तो स्वभाव र खुबी हुन्छ, त्यसको चर्चा गर्दैछौँ । राक्षसा गण भन्ने वित्तिकै धेरैले नकरात्मक सोच्न सक्छन् तर राक्षस गणमा जन्मिने बित्तिकै मानिसको पनि स्वभाव त्यस्तै हुन्छ भन्ने होइन ।

राक्षस गणसँग सम्बन्ध भएका मानिसमा कुनै पनि काम तिव्रता र डटेर गर्ने खुबी हुन्छ । ज्योतिष विधालाई मान्ने हो भने यो गणमा जन्मिएका मानिसमा आफ्नो वरिपरिका नकरात्मक शक्ति र गतिविधिलाई बारेमा अरुभन्दा चाँडै थाहा पाउने क्षमता हुन्छ । त्यसबाहेक यो गणका मानिसमा छैठौ इन्द्रिय अर्थात् सिक्स सेन्स एकदमै राम्रो हुन्छ ।

सिक्स सेन्स राम्रो भएकै कारण उनीहरु आफ्नो वरिपरि हुने सम्भावित घटनाको बारेमा अगाडि नै थाहा पाउन सक्छन् । यो गणका मानिस साहसी हुनुका साथै कडा इच्छाशक्ति भएका हुन्छन् । उनीहरुको जीवन जिउने शैली एकदमै स्वच्छन्द हुन्छ । कसैको अधिनमा बस्न रुचाउँदैछन् । त्यसैले यो गणका मानिस जागिर खानु वा दबिएर बस्नुको साटो व्यापार व्यवसाय गर्ने स्वभावका हुन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
हलिउडमा किन मच्चिदैछ यौन दुव्र्यवहारको वितण्डा ?
हलिउडमा किन मच्चिदैछ यौन दुव्र्यवहारको वितण्डा ?