किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …

सारांश

  • फेसबुकबाट खोजिने साथी अब कस्ता पनि निस्किने भए भने, भेटिएको भोलिपल्टै पति वा पत्नीको दावी !
  • पर्सिपल्ट अड्डा–अदालतको खोजी !
  • व्यापारमा बर्बादी, त्यसमाथि पत्नीवियोगले विक्षिप्त बनेका एकजना मारवाडीलाई ‘किन चिन्ता गर्नुहुन्छ ?

फेसबुकबाट खोजिने साथी अब कस्ता पनि निस्किने भए भने, भेटिएको भोलिपल्टै पति वा पत्नीको दावी ! पर्सिपल्ट अड्डा–अदालतको खोजी !

व्यापारमा बर्बादी, त्यसमाथि पत्नीवियोगले विक्षिप्त बनेका एकजना मारवाडीलाई ‘किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले अहिले यति धेरै समस्यामा डुबाइदिएका छन् कि, मारवाडी मरौँ कि बाँचौँको अवस्थामा पुगिसके । अपराध महाशाखामा महिलाविरुद्ध मुद्दा छ, तर महिलाचाहिँ कांग्रेस नेता गगन थापाको फोन गराउँदै ‘फरार’ छिन् ।

झापा, दमक– ११ का ५१ वर्षीय सुवाष अग्रवाल इलाम चुलाचुली– ७ की ३२ वर्षीया अम्बिका बाँस्कोटाको फन्दामा परेका छन् । पत्नी वियोगपछि व्यापारिक काममा डुबेका सुवाष र चेलिबेटी बेचबिखन मुद्दामा जेल परेर छुटेकी अम्बिकाबीचको भेट फेसबुकले गरायो, काठमाडौंमा । कतैबाट अम्बिकाले सुनेकी रहिछन्, सुवाषको दुःख । फेसबुकमा भेटिँदा दुःख–सुख बाँडेर गफ गरौँ भन्ने प्रस्ताव मानेबापत अहिले सुवाष नक्कली पति बनेका छन् । ‘होइन, होइन’ भन्दै उजुरबाजुर गरी हिँडेका छन् । अम्बिकाविरुद्ध इलाका प्रहरी कार्यालय, बिर्तामोडमा चेलिबेटी बेचबिखनसम्बन्धी अर्को मुद्दा छ । अम्बिका चाबहिल, सरस्वतीनगरमा बस्ने गरेकी थिइन् । त्यहाँ बस्दा पूर्वतिरकै एक युवतीलाई झापा, पशुपतिनगरतिर लिएर घुम्न गइन् । तर, पशुपतिनगरस्थित भारतीय नाकामा पुग्दामात्र युवतीले चाल पाइन्, आफू भारतीय दलालको फन्दामा पर्न लागेको । भागेर बिर्तामोड पुगिन् र उजुर गरिन् ।

उजुर परेका दिनदेखि बेपत्ता अम्बिकालाई काठमाडौंबाट अपराध महाशाखाले खोज्दा सम्पर्कमा आएकी छैनन् । उनी गत निर्वाचनमा काठमाडौं, क्षेत्र नं.– ४ का कांग्रेस सांसद गगन थापाकी मुख्य प्रचारक थिइन् । पहिला नेपाली युवतीलाई वैदेशिक रोजगारीका लागि खाडी मुलुक पठाउने काम गर्थिन् जनअास्था साप्ताहिकमा खबर छ । त्यसरी पठाइएका अधिकांश युवती चरम यौन शोषणमा परी उद्धारकर्तामार्फत स्वदेश फर्किए । र, पीडितहरुले दिएको मुद्दामा दोषी करार भई केही वर्ष जेल बसेर निस्किएकी हुन् । उनीसँग बालबच्चा साथमै छन्, तर पतिसँग सम्बन्ध छैन । यसअघि पनि केही केटासँग यस्तो लफडा चलेको प्रहरीले जनाएको छ । अहिले लफडामा पारिएका सुवाषसँग अम्बिकाको भेट चैत २२ गते भएको थियो । काम विशेषले केही दिनका लागि काठमाडौंमा रहेका सुवाष त्यसदिन अम्बिकाकी छोरी र सानीआमासँग जावलाखेलस्थित चिडियाघर, नारायणस्थान र पशुपतिनाथ घुम्न गएका थिए । त्यही घुमघामको मौकामा ठाउँ–ठाउँमा फोटो खिचे ।

साँझ परेपछि आ–आफ्नो बासस्थानतर्फ लागे । घुमघामका क्रममा फेसबुक आइडीमात्र हैन, पासवर्ड पनि आदान–प्रदान भयो । शुरुमा अम्बिकाले सुवाषको वालमा सँगै घुमेका र अन्य अर्थ लाग्ने फोटा हालिन् । सुवाषले तत्कालै ती फोटो डिलिट गरे, पासवर्ड पनि फेरे । तर, भोलिपल्ट अर्को फेसबुक आइडी बन्यो र २२ गतेको घुमघामका फोटोहरु हालियो । परिचयमा लेखियो, ‘म्यारिड टु अम्बिका बाँस्कोटा अग्रवाल ।’ अर्थात्, ‘अम्बिका सुवाषकी पत्नी हो’ भन्ने प्रचार गर्न अम्बिकाले नै उक्त फेसबुक अकाउण्ट बनाएको दाबी छ । त्यसका लागि मन्दिर अगाडि उभिएका फोटोहरु हालिएको छ । यो घटनापछि सुवाष मारवाडी समुदायबाट बहिस्कृत छन् । घरमा प्रवेश निषेध छ । मिल्ने साथीहरुले बोल्न छाडेका छन् । बालबच्चाले पनि दुत्कार्न थालेका छन् । अहिले प्रहरीमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ विपरितको काम गरेको भन्दै जाहेरी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
.जबरजस्ती करणीको अभियोगमा पक्राउ ः
.जबरजस्ती करणीको अभियोगमा पक्राउ ः
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
धनगढिमा गोली चल्यो, घाईतेको अवस्था गम्भिर !
धनगढिमा गोली चल्यो, घाईतेको अवस्था गम्भिर !
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
जुम्लामा स्थानिय तहमा अाक्रमण, नगरपालिकाकाे गाडि जलाइयाे !
जुम्लामा स्थानिय तहमा अाक्रमण, नगरपालिकाकाे गाडि जलाइयाे !

तपाईंले छुटाउनुभयो कि?