खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत

सारांश

  • सिन्धुपाल्चोक ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ  बनाउने बताएका छन्।
  • बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको बताए।

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ  बनाउने बताएका छन्। बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको बताए।

उनले खेल क्षेत्रका माध्यमबाट नेपाललाई विश्वसामू चिताउन सकिने बताएका छन् । उनले खेलले पर्यटन समेत पर्वद्धन हुने बताए । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी  र खेल क्षेत्रको भविश्य रहने बताए । आफू पनि खेलाडी रहेको भन्दै उनले जिल्लामा खेलाडी उत्पादन गर्न सदैव साथमै उनले प्रष्ट पारे ।

उनले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आआफ्नो खेलमा मेहनत गरेर सफलता हासिल गर्न सुझाव दिए । उनले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै खेलाडीको पनि विकास हुने बताए ।

उनले अहिले पैसाकै अभावमा कसैको ज्यान जान गुमाउन पर्ने अवस्था अब नरहने भन्दै खेलाडीको स्वास्थ्य उपचारमा सरकारले सदैव सहयोग गर्ने बताए । कार्यक्रममा  बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा ,लिसंखपाखर गाउँ पालिका अध्यक्ष राजु  लामा  लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन वर्षीया छोरीसहित बाबु मृत फेला
तीन वर्षीया छोरीसहित बाबु मृत फेला
“दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “
“दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
अमेरिकामा नेपालीलाई दिएको सुविधा खारेज !
अमेरिकामा नेपालीलाई दिएको सुविधा खारेज !
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती