सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७८
|
|
५४ पटक हेरिएको
Shares
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति

सारांश

  • सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
  • सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।
  • बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति भएको छ ।

सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति भएको छ । नेपाली कांग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको थियो ।

शीर्ष नेताबीच सत्ता साझेदार दलको अर्को बैठक यही चैत २१ गते बस्ने सहमति भएको छ ।

बैठकमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न भारत भ्रमणको शुभकामना दिँदै द्विपक्षीय मुद्दाको सम्बोधनका लागि कूटनीतिक पहल गर्न समेत आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सौहार्दपूर्ण निमन्त्रणामा यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?