आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने

सारांश

  • काठमाडौं।
  • हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार
नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति
प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति
विश्वकपः यी ५ फास्ट बलरमाथि केन्द्रित हुनेछ सबको नजर
विश्वकपः यी ५ फास्ट बलरमाथि केन्द्रित हुनेछ सबको नजर
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
संघीय सहरी नीति ल्याउने तयारी
संघीय सहरी नीति ल्याउने तयारी
विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न डिजिटल नेपाल अपरिहार्यः प्रधानमन्त्री
फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग
फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग

तपाईंले छुटाउनुभयो कि?