सडकको वर्गीकरण र क्षेत्राधिकार निर्धारण

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • बेनी, म्याग्दी, १२ फागुन, म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सडकको वर्गीकरण गरी क्षेत्राधिकारसमेत निर्धारण गरेको छ ।
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सडकलाई चार वर्गमा विभाजन गरी दायाँ र बायाँको अधिकार क्षेत्र कायम गर्नुका साथै नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्रका सडकको वर्गीकरण र मापदण्डसमेत निर्धारण गरेको नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिनुभयो ।
  • राष्ट्रिय तथा प्रदेशस्तरीय वर्गमा राखिएको बेनी–रत्नेचौर–बागलुङ र मालढुंगा–बेनी–जोमसोम सडकको क्षेत्राधिकार ३० मिटर र छ मिटर सेटब्याक हुने निर्णय भएको छ ।

बेनी, म्याग्दी, १२ फागुन, म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सडकको वर्गीकरण गरी क्षेत्राधिकारसमेत निर्धारण गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सडकलाई चार वर्गमा विभाजन गरी दायाँ र बायाँको अधिकार क्षेत्र कायम गर्नुका साथै नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्रका सडकको वर्गीकरण र मापदण्डसमेत निर्धारण गरेको नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय तथा प्रदेशस्तरीय वर्गमा राखिएको बेनी–रत्नेचौर–बागलुङ र मालढुंगा–बेनी–जोमसोम सडकको क्षेत्राधिकार ३० मिटर र छ मिटर सेटब्याक हुने निर्णय भएको छ । नगरपालिकाको (ए) वर्गमा सूचीकृत बेनी सिंगा हुँदै मंगाल गाउँपालिका जोड्ने सडकको सेटब्याकसहितको क्षेत्राधिकार २० मिटर तोकिएको छ ।

त्यसैगरी नगर र गाउँपालिकाका वडा जोड्ने सडकलाई (बी) समूहमा राखिएको छ भने १२ मिटर फराकिलो हुनुपर्ने मापदण्ड तय गरिएको छ । यो सडकको दायाँबायाँ घर बनाउँदा दुई÷दुई मिटर खाली जग्गा छोड्नुपर्ने जनाइएको छ ।

(बी) वर्गमा बेनी पुलाचौर डडुवा, बेनी पात्लेखेत, महारानी छाप ठूलोखोला, गलेश्वर पात्लेखेत, बेनी थामडाँडा, दूधेखोला भकिम्ली, बेनी भकुण्डे गौस्वारा, नेप्टेचौर गिठीनी पात्लेखेत, बगरफाँट बाँगेरा भकुण्डे, आनन्दबगर हुँदै ढोडेनीखोला र नगर चक्रपथका रुपमा परिकल्पना गरिएको रत्नेचौर अर्जम ज्यामरुककोट भकिम्ली सिंगा पुलाचौर तोरीपानी गलेश्वर सडकलाई राखिएको छ ।

त्यसैगरी अन्य ३३ वटा सडकलाई (सी) श्रेणीमा वर्गीकरण गरिएको छ । उक्त वर्गमा पर्ने सडकको चौडाई दश मिटर र सेटब्याक दुई मिटर रहने जनाइएको छ । नगरपालिकाको हालको बजारभित्रका र बस्ती विकास भई शहरीकरण हुनसक्ने क्षेत्रका सडकलाई (डी) श्रेणीमा राखिएको छ । यी सडक पनि छ मिटर फराकिलो हुनुपर्ने र सडकको दायाँबायाँ दुई÷दुई मिटर सेटब्याक राख्नुपर्ने मापदण्ड तोकिएको नगरपालिकाका इञ्जिनियर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
बालुवाटारमा ओली–दाहाल भेटवार्ता जारी
बालुवाटारमा ओली–दाहाल भेटवार्ता जारी
नयाँ फिल्मको तयारीमा वली
नयाँ फिल्मको तयारीमा वली
आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक
राष्ट्रपतिले भने- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ?
राष्ट्रपतिले भने- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ?
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति

तपाईंले छुटाउनुभयो कि?