निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत

सारांश

  • भक्तपुर, कात्तिक १० गते ।
  • नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताउनुभएको छ ।
  • रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उहाँले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पार्नुभयो ।

भक्तपुर, कात्तिक १० गते । नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उहाँले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने लागेको बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताउनुभयो ।
केही समयम अघि एन आर एन निर्वाचनका समयमा शेष घलेले ६ करोड एमालेलाई दिएको र त्यस मध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दिएको दुई करोड मिडियाको हल्ला मात्र भएको बताउनु भयो । आफू युवा संघको अध्यक्ष हुँदा देखि नै केही मिडिया कर्मीले आफ्नो खेदो खन्दै आएको र यो पनि यसैको परिणामा भएको बताउनु भयो ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गर्नुभयो । उहाँले मध्यपुर थिमीमा एमाले र काँग्रेको कडा प्रतिसपर्धा हुने दाबी गर्नुभयो ।
आफू प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएपछि भक्तपुरलाई संबृद्धि बनाउने योजना आफूसँग भएको चर्चा गर्दै बस्नेतले भारी मतले आफू निर्वाचन जित्नेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले प्रदेश कमिटीले भक्तपुरको सबै सिट गर्यो सर्बसम्मत सिफारिस ‘
एमाले प्रदेश कमिटीले भक्तपुरको सबै सिट गर्यो सर्बसम्मत सिफारिस ‘
भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा
भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
एनजिओ बनेका यातायात समितिले राज्यलाई एक रुपियाँ पनि कर तिर्दैनन्
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
गुगलका संस्थापककी श्रीमतीसँग एलोन मस्कले अफेयर चलाएपछि…
गुगलका संस्थापककी श्रीमतीसँग एलोन मस्कले अफेयर चलाएपछि…
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

तपाईंले छुटाउनुभयो कि?