बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
४८ पटक हेरिएको
Shares
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ

सारांश

  • लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।
  • सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन भनेको हो ।
  • लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको मन्त्रालयले मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने जनाएको छ ।

लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ । सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन भनेको हो ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको मन्त्रालयले मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए ।

‘कोरोना संक्रमणको खतरा कायमै छ, लकडाउनसमेत जारी छ, यस्तो अवस्थामा काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।

प्रहरीले सोमबारबाटै मास्क नलगाई सडकमा हिँड्नेहरूलाई पक्राउ गर्न थालिएको र देशभर मातहतलाई सोहीअनुसार गर्न निर्देशन गरिएको बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?