किसानको नाममा आएको बजेटमा परामर्शदाताको रजाईँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
किसानको नाममा आएको बजेटमा परामर्शदाताको रजाईँ

सारांश

  • काठमाडौं – कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ ।
  • किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्।
  •  अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कृषिका चार ठूला परियोजनामा करिब दुई अर्ब रुपैयाँ अस्वाभाविक खर्च गरिएको हो ।

काठमाडौं – कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्।

 अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कृषिका चार ठूला परियोजनामा करिब दुई अर्ब रुपैयाँ अस्वाभाविक खर्च गरिएको हो ।  परियोजनामा परामर्शदाता, प्राविधिक तथा सल्लाहकार नियुक्त गरेर एक अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको भेटिएपछि महालेखा परीक्षकको कार्यालयले परामर्श खर्च नियन्त्रण गर्न निर्देशन दिएको छ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जले परामर्शमा २१.८४ प्रतिशत रकम खर्च गरेको छ । दुई अर्र्ब ५९ करोड २० लाख रुपैयाँको परियोजनामा एक चौथाईँ बढी ४६ करोड ३२ लाख रुपैयाँ परामर्शमा खर्च गरिएको छ।

कृषिका केही परियोजनामा परामर्शमा अस्वाभाविक खर्च गरेको भेटिएको उपमहालेखा परीक्षक रामप्रसाद डोटेलले बताए । ‘कृषि परियोजना सञ्चालनमा छुट्टै परामर्श सेवा जरुरी छैन,’ डोटेलले भने, ‘आवश्यक नपर्ने ठाउँमा श्रोतको अपव्यय गरियो ।’ नचाहिँदो खर्च गरेकाले रोक्नुपर्ने डोटेलले बताए । ‘सरकारले खति खर्च गर्ने भन्ने मापदण्ड तयार गर्नुपर्छ,’ उनले भने, ‘परामर्शको खर्च नियन्त्रण गर्नुपर्छ।’

कुल परियोजना लागतको एक चौथाईं बढी (करिब २२ प्रतिशतसम्म) परामर्श सेवामा खर्च गरेको खर्च नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । आयोजनाले आफ्नै जनशक्तिबाट हुने कामकोलागि पनि परामर्श सेवा लिने गरेका छन् । परामर्श सेवामा खर्च गर्ने विषयमा नीति तथा मापदण्ड तयर नभएकाले सामान्य प्रकृतिको काममा पनि परामर्शदाता नियुक्त गरेर सरकारी रकमको दुरुपयोग गरिएको हो।

साविक कृषि विकास मन्त्रालयका चार आयोजनाको कुल लागत १८ अर्ब २९ करोड ८० लाख रुपैयाँमा १३ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ । खर्च मध्ये एक अर्ब ९१ करोड १३ लाख परामर्शमा खर्च गरिएको छ ।कृषि खाद्य तथा सुरक्षा आयोजना काठमाडौंले चार अर्ब ९३ करोड रुपैयाँ मध्ये २०.५१ प्रतिशत ७७ करोड १३ लाख रुपैयाँ परामर्शमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

कृषि र पशुपालनमा व्यावसायीकरण गर्दै किसानको आयस्तर सुधार गर्न सञ्चालन गरिएको व्यावसायिक कृषि तथा व्यापार आयोजना(प्याक्ट)ले ५४ करोड २२ लाख, किसान लागि उन्नत बीउ बिजन कार्यक्रम बुटवलले १३ करोड ४६ लाख रुपैयाँ परामर्शमा खर्च गरेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा २०६६सालदेखि प्याक्ट आयोजना सन्चालनमा छ । आयोजनाबाट सञ्चालित ३१ कार्यक्रम मध्ये आठ मूल कार्यक्रममा ७० प्रतिशत प्रगति देखिएपनि चार कार्यक्रममा शुन्य प्रगति देखिएको हो।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सहयोगमा सञ्चालित किसानका लािग उन्नत बीउ बिजन परियोजनामा केही कार्यक्रममा प्रगति शून्य देखिएको महालेखाले जनाएको छ। स्वीकृत१ ४ कार्यक्रममा प्रगति शुन्य देखिएकाले सम्पूर्ण क्रियाकलाप सम्पन्न आवश्यक पहल गर्न पनि सुझाएको छ ।आँफैले गर्न सकिने काममा पनि परामर्शदाताको लागि ठूलो रकम खर्च गर्ने प्रवृत्ति रहेको पूर्व सचिव कृष्ण ज्ञवालीले बताए।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?