बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
सारांश
- काठमाडौं ।
- यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ।
- गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ।
काठमाडौं । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ।
त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ। उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन्।
यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ।
शीघ्रातिशीघ्र उद्धारको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बन्धित सबैलाई निर्देशन र अनुरोधसमेत भइसकेको छ। मन्त्रिपरिषद्को असार २९ गतेको बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरी तत्काल राहतका कार्यहरु तदारुकताका साथ गर्न निर्देशन भएबमोजिम सम्पूर्ण घाइतेको निःशुल्क उपचार, घाइते भई अपाङ्ग एवं अशक्त भएका र मृतकका परिवारलाई यथोचित व्यवस्था गर्ने कार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ। विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवालाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन्।
उद्धार र राहतलगायतका कार्यहरुमा आवश्यक सहयोग पु¥याउन सरकारले जनप्रतिनिधिलगायत सबैलाई आग्रहसमेत गरिसकेको छ। आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको तथा काठमाडौँबाट हेलिकप्टरमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि एक हजार १०० थान त्रिपाल पठाइएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र वाग्मती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०÷४० थानका दरले हेलिकप्टरमार्फत पठाइएको छ। साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ।
यसैगरी प्रदेश गोदामघर हेटौँडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन÷तीन हजार थानका दरले १२ हजार थान त्रिपाल र चार रोल म्याटसहितको राहत सामग्री पठाइएको छ।
इटहरीमा रहेको प्रदेश नं १ को गोदामघरबाट सप्तरीका प्रभावित परिवारलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ। घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीयस्तरमा कार्यरत सङ्घसंस्थाबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिहरुबाट उद्धार तथा बेपत्ताहरुको खोजीलाई तीव्रता दिइएको विज्ञप्तिमा जनाइएको छ।
मकवानपुरस्थित इन्द्रसरोवर (कुलेखानी जलाशय) मा सामान्यतया कात्तिक महीनासम्ममा भरी हुने पानीको सतह अहिले नै भरिइसकेको छ। साठी मेगावाट विद्युत् उत्पादन गरी दुई सेन्टिमिटरको दरले पानीको सतह घटाउँदै लैजादासमेत पानीले अधिकतम सीमा रेखा नाघ्ने अवस्था आएमा जलाशयको ढोकाहरु खोल्नुपर्ने स्थिति आउन सक्ने बताइएको छ। हाल टर्बाइनबाट भएको निकासले पानीको सतह नियन्त्रणमा नै रहेको मन्त्रालयले जनाएको छ।
ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको छ। एसएमएसमार्फत अवस्थाको पूर्वसूचना दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज आषाढ शुक्ल पूर्णिमा तिथिका दिन अर्थात् असार ३१ गते मंगलवार आज तदनुसार जुलाई १६ तारिखको राती १७ तारिखको विहान खण्डग्रास चन्द्रग्रहणु लाग्ने भएको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, युक्रेन, टर्की, इरान, इराक, साउदी अरब, पाकिस्तान, अट्लान्टिक, हिन्द महाशागर, युरोप लगायत केहि र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार आज रातीको १ र ४६ मिनेटमा स्पर्श हुने र रातीको ३ बजेर १५ मिनेटमा मध्य हुने र रातीकै ४ बजेर ४५ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ५९ मिनेटको रहनेछ ।
सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले आज दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभइ नवग्रहको समिक कृपा प्राप्त हुनेछ ।
कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।
ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलाई सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खण्डग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।
ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्ने काम गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।
यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा क्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी उत्तरषाढा नक्षत्रमा जन्म भएका, धनु र मकर राशि तथा धनु र मकर लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ स्
मेषः मानहानी हुने, वृषः कष्ट हुने, मिथुनः स्त्रीपीडा हुने, कर्कटः सुख मिल्ने, सिंहः चिन्ता बढ्ने, कन्याः व्यथा बढ्ने, तुलाः श्रीस् प्राप्ति हुने, बृश्चिकः क्षति हुने, धनुः घात हुने, मकरः खर्च बढ्ने, कुम्भः लाभ हुने,
मीनः सुखदायी हुने ि(ज्यो प नारायणप्रसाद दुलाल)
(ज्यो प नारायणप्रसाद दुलाल)
ओलीविरुद्ध नेकपाभित्रै मोर्चाबन्दी, बामदेव गौतम सुरतको एक्का बन्दै
नेपाल कम्युनिष्ट पार्टी्भित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दीले नयाँ मोड लिएको छ । प्रभावशाली नेता वामदेव गौतमको पहलमा मोर्चाबन्दीले आकार लिएको हो । गौतमको सक्रियतामा ओलीलाई एक्ल्याउने गरी प्रभावशाली नेताहरुलाई एक बनाउने पहल भएको हो । यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल देखि पूर्व अध्यक्ष समेतलाई एक बनाउन गौतमले छुट्टाछुट्टै भेटेका थिए ।
उनले नेताहरुलाई एउटै ठाउँमा राखेर भेटघाटको वातावरण समेत मिलाएको बुझिएको छ । एक हप्तायता एक्ला एक्लै र सामूहिक भेटघाटहरु वामदेवको पहलमा भए । नेताहरुले सरकारको कामकारबाहीले पार्टीलाई दुरगामी असर पार्ने भन्दै छिट्टै निष्कर्षमा पुग्नुपर्नेमा सहमति बनाएको बुझिएको छ ।
भविष्यमा सरकारको नेतृत्व देखि पार्टीको नेतृत्व कस्ले लिने सम्मका विषयहरुमा छलफलहरु भएका छन् । स्रोतका अनुसार भविष्यमा प्रचण्ड, नेपाल र खनालमध्ये एकले पार्टी र सरकार संचालन गर्ने सम्मका विषयहरुमा छलफल केन्द्रित भएको छ । ओलीको पछिल्लो भूमिकाप्रति असन्तुष्ट बनेका नेपाल, खनाल र गौतमले प्रचण्डलाई मनाएर नयाँ सहमति बनाउन खोजेका हुन् ।
सरकार संचालनमा ओली र प्रचण्डबीच विगतमा भएको आधा आधा कार्यकालको सहमतिको विषयबारे चर्चा परिचर्चा भइरहँदा वामदेव नयाँ रणनीतिमा लागेका हुन् । उनले नेताहरु प्रचण्ड, नेपाल र खनाललाई पार्टी र सरकारको जिम्मेवारीलगायतमा सहमति बनाउन भूमिका खेल्दै आए ।
कुनैबेला ओलीलाई पार्टी अध्यक्ष बनाउन गौतमले निर्णायक भूमिका खेलेका थिए । उनकै समर्थनमा ओली तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष बने । तर, गएको चुनावपछि ओलीसँग उनको दुरी बढ्यो । बर्दियामा चुनाव हारेपछि गौतमले ओलीप्रति असन्तुष्ट भए । ओली निकटस्थहरु वामदेवलाई चुनाव हराउन लागेको विषय चर्चामा आयो ।
आफैले अध्यक्ष जिताउन भूमिका खेल्दा समेत धोका पाएको भन्दै गौतम रुष्ट भएका हुन् । उनले ओलीसँग दूरी बढाएर प्रचण्डसँग निकटता राखे । गौतम अहिले प्रचण्डलाई माधव नेपाल र झलनाथ खनालको समर्थन दिलाउन लागिपरेका छन् । नेकपाभित्रको शक्ति संघर्षमा हुकुमको एक्का बन्दै गएका गौतम विगतमा आफै सफल नभएपनि अरुलाई सफल बनाउन सकेका नेता हुन् । यसपटक उनी सफल हुन्छन् हुँदैनन् हेर्न बाँकी छ ।
असार ३१ गते मंगलबारको राशीफल यस्तो छ
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)
आज खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
आज राती १ः४६ बजे देखी सुरु हुने चन्द्र ग्रहण राती ४ः४५ बजे सम्म रहनेछ । सुर्योदय नहुने भएकोले ज्योतिषशास्त्रमा १ बजे पछिको समयमा २५ र २६ उल्लखे गर्ने गरिन्छ । ग्रहण २ घण्टा ५९ मिनेटको रहेको छ । आज दिउँसो ४ः४६ बजे देखि बालक बृद्धा र आतुरलाइ बाहेक अरुलाइ भोजन निषेध हुनेछ भनेर पञ्चाङ्गहरुमा उल्लेख छ ।
ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ कामः
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।
१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।
२ भोजन नगर्नु
ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
३ ग्रहणपछि सरसफाइ गर्नु
ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।
४ पुजा नगर्नु
ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नमस् शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नमस् आदि हुन सक्छन् ।
५ गर्भवती बाहिर जानु हुँदैन
गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।
।
न्युयोर्कमा ४ दिने वज्रगुरु मन्त्र जप सम्पन्न
शेर्पा किदुग अमेरिकाद्वारा न्युयोर्क स्थित आफ्नै भवनमा आयोजित विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धि र पर्यावरणीय स्थिरताको लागि आयोजित चार दिने वज्रगुरु मन्त्र जप आइतबार सम्पन्न भएको छ । वज्रगुरु मन्त्र जप महागुरु पद्मसंभवको पुण्यतिथि टेल्दा छेचु (पाँचौं महिना)को दशमीको पावन अवसरमा आयोजना गरिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउनु भएको थियो ।
वज्रगुरु मन्त्र गुरु पद्मसंभवको हृदयमन्त्र हो । नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया लगायतका हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान गौतम बुद्ध स्वयंले आफ्नो जीवनको अन्तिम समयमा भविष्यवाणी गर्नुभएको थियो ।
भगवान बुद्धले परिनिर्वाण सुत्रमा भन्नु भएको छ – “निकट भविष्यमा म ध्यानकोष नामक तालको बिचमा कमलको फूलबाट निर्माण कार्यको रुपमा पुनर्जन्म लिने छु, उक्त निर्माणकार्य म भन्दा धेरै शक्तिशाली हुनेछ । त्यति बेला म गुह्यमन्त्रको धर्म देशना गर्ने छु ।”
सोही भविष्यवाणी अनुसार आठौँ शताब्दीताका वर्तमान अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने उड्डियानको ध्यानकोष तालको बीचमा चमत्कारिक कमलको फूलबाट गुरु पद्मसंभवको जन्म भयो । पछि वहाँले वज्रयानतन्त्रको धर्म देशना गर्नुभयो, जुन आज संसारभर फैलिएको छ । उनै गुरु पद्मसंभवलाई आव्हान गरी जपिने वज्रगुरु मन्त्रको महिमा अपरम्पार छ ।
वज्रगुरुको जप ध्यान गर्दा हुने फाईदाहरु ग्रन्थमा यस प्रकारले उल्लेख गरिएको छः स्वच्छ बोधिचित्त उत्पन्न गरी यो मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने छन् । जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुनेछ । समाजमा सुब्यवस्था कायम हुनेछ । रोग र भोखमरी हट्ने छन् । झैझगडा र कलहहरु शान्त हुने छन् । युद्धहरुमा बिराम लाग्नेछन् । विश्वमा दिगो शान्ति र अमन चयन कायम हुनेछन् ।
वज्रगुरु जप जुलाई ११ देखि शुरु भएको थियो । य ऐतिहासिक कार्यक्रममा दैनिक ४० जना जति लामा गुरुहरु र औसत ५०० जति शान्ति प्रेमी भक्तजन हरुले सामुहिक रुपमा मन्त्र जप गर्दै आईरहेका थिए।
(स्रोतः शेर्पा किदुग अमेरिका)
बुद्धमय बन्दै भैरहवा
गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्धारको रुपमा रहेको भैरहवाका मुख्य सडकहरुमा बुद्धको प्रतिमा राख्न थालेपछि सो स्थान बुद्धमय बनिरहेको छ । लुम्बिनीसँग सबैभन्दा नजिक रहेता पनि भैरहवामा बुद्धसँग सम्बन्ध झल्काउने खासै केही पनि थिएनन् । त्यसैले पनि भैरहवादेखि नै उक्त स्थान बुद्ध जन्मस्थल हो भन्ने आभाष दिलाउन सिद्धार्थ नगरपालिकाले नगर क्षेत्र भित्र बुद्ध मूर्ति राख्ने अभियान सुरु गरेको हो ।
पहिलो चरणमा भैरहवा क्षेत्रको बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दुरीमा बुद्ध मूर्ति राखिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार यस बाहेक लुम्बिनी सडकखण्डमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म मूर्तिहरु राखिने छ ।
बुद्धको प्रतिमा राख्न पहिलो चरणको लागि नगरपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको थिया े। बुद्ध मूर्ति राख्नु नगरपालिकाले मात्र नभई भैरहवामा क्रियाशिल सबै संघ संस्थाको दायित्व भएकोले अभियानमा सहयोग गर्न प्रमुख अधिकारीले अपिल गरे । पितलको धातुमा सुनको लेपन लगाएर मूर्ति बनाइएको छ ।
बुद्ध मूर्तिसँगै भैरहवाकै बैंकरोड बुद्धत्व झल्किने गरि सबै घर एकै प्रकारको रङ्गले रंगाउने भएको छ । पहिलो चरणमा बैंकरोडबाट सुरु गरी विस्तारै नगरको अन्य क्षेत्र हुदै सबै घर एउटै रंगको गराउने नगरपालिकाको योजना छ ।
बौद्ध धर्मको उत्थानको कारण
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वा्धिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ ।
वैदिककालमा विषेश गरि दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ ब्राह्मणवाद र स्रमणवाद । ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए । स्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधिपुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो। पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो ।
ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जीवनको मोहमा फस्दै गए । धर्मको डर, त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्श्िनक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनाको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्श्िनक धार प्रतिपादन गरेका थिए । समाजमा हिंसाविरोधी मत बलियो देखिन थाल्यो, होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो, होमाथिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो । यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्श्निक प्रश्नमा विचार विमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गौतम वुद्धको जन्म भएको थियो।
बुद्धले आफ्ना शिक्षालाई धम्म (विनय) भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दुस्खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छन् ।
बुद्धले दुःख मुक्तिसँग सरोकार नराख्ने दार्श्िनक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, “भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछुः दुःख र दुःखमुक्तिको उपाय ।“ बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छः शील, समाधि र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःखमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ । चार आर्यसत्यहरू यस प्रकार छन् ।
दुःखः दुःख छ भन्ने कुरा र यसको अवस्थाको बोध
दुःखको कारणः दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध
दुःखको निवारणः दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
दुःखको निवारणको मार्गः दुःखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना । आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ ।
निर्मला हत्या प्रकरणः अदालतद्वारा पत्रकार भण्डारीलाई जेल सजाय
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो ।
अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका लागि भने स्थगन गरेको छ। त्यसका लागि अदालतले केही सर्त राखेको छ।
जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ। पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्तहरु पूरा नगरेको खण्डमा एक घण्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
अब पत्रकार भण्डारीले तिनदिनभित्र अदालतसमक्ष मागेको माफीसहित आत्मआलोचना पत्रिका छाप्नुपर्नेछ । साथै उनलाई तीनदिनभित्र मानहानी हुने गरी फेसबुकमा पोस्ट गरेका स्टाटस डिलिट गर्नुपर्नेछ ।
यो नगरेको खण्डमा पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ अन्र्तगत एक घण्टाको जेल सजाय र एक रुपैयाँ जरिवाना हुने जनाइएको छ ।उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो हो । निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया