कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?

सारांश

  • ‘कुक आइल्याण्ड’ प्रशान्त महासागरमा रहेका पन्ध्रवटा टापुहरु मिलेर बनेको एक मुलुक हो ।
  • कुक आइल्याण्डले आफ्नो बलियो छिमेकी राष्ट्र न्यूजील्याण्डसँग ‘खुल्ला सम्बन्ध’ सन्धि गरेको छ ।
  • यसको अर्थ यो मुलुक स्वशासित भएपनि यहाँका नागरिकले चाहेमा न्युजील्याण्डको नागरिकता पाउन सक्ने ब्यवस्था कायम छ ।

‘कुक आइल्याण्ड’ प्रशान्त महासागरमा रहेका पन्ध्रवटा टापुहरु मिलेर बनेको एक मुलुक हो । कुक आइल्याण्डले आफ्नो बलियो छिमेकी राष्ट्र न्यूजील्याण्डसँग ‘खुल्ला सम्बन्ध’ सन्धि गरेको छ । यसको अर्थ यो मुलुक स्वशासित भएपनि यहाँका नागरिकले चाहेमा न्युजील्याण्डको नागरिकता पाउन सक्ने ब्यवस्था कायम छ । यो मुलुकले न्युजील्याण्डबाट वार्षिक रुपमा २ करोड पचास लाख न्युजील्याण्ड डलर अनुदान पनि पाउँछ । यो क्षेत्रबाट ‘विकसित’ मुलुकको सूचिमा स्तरोन्नति हुने ‘कुक आइल्याण्ड’ पहिलो मुलुक हो ।

कुनै पनि मुलुक विकसित मुलुकको श्रेणीमा पुग्दा खुसी हुन पर्ने हो तर, यसले दुरावस्था निम्त्याउँछ कि भनेर केही सरकारी पदाधिकारीहरु भने चिन्तित रहेका छन् । अघिल्लो दशक कुक आइल्याण्डले आर्थिक रुपमा उलेख्य सफलता हासिल ग¥यो । एशियाली विकास बैंक अनुसार यसले छ बर्ष लगातार उच्च आर्थिक बृद्धी हासिल ग¥यो । सरकारले हवाई भाडामा दिएको सहुलियतबाट आकर्षित भएर अघिल्लो वर्ष १ लाख ५० हजारभन्दा बढी पर्यटकहरुले यो टापूको भ्रमण गरे । यस अतिरिक्त माछापालनको कुशल व्यवस्थापनबाट राम्रो आय पनि भयो । यस्ता प्रगतिले गर्दा यो सानो राष्ट्र ‘विकासोन्मुख’बाट ‘विकसित’ कहलिन योग्य बनेको छ । तर त्यहाँको सरकार यो खबरले खुसी देखिँदैन । परराष्ट्र सचिव टेपरु हेरमान मुलुकको आर्थिक हैसियतमा परिवर्तन चिन्ताजनक रहेको बताउँछन् ।

कुक आइल्याण्डको आधा जनसंख्या मुख्य टापु रारोटोन्गामा बस्छन् र बाँकी जनसंख्या अन्य फराकिलो भूभागमा छरिएका छन् । यो राष्ट्रका टापुहरु २० लाख वर्ग किलोमिटरमा फैलिएका छन् । यो टापूको ९९ दशमलब नौ–नौ प्रतिशत भाग समूद्र पर्छ । कुनै टापूमा त सयभन्दा कम मान्छे मात्र बस्छन् र तिनीहरु अझै माछा मार्ने र निर्वाहमुखी खेतीमा आधारित परम्परागत जीवन जीउँछन् । वित्तमन्त्री मार्क ब्राउनले कुक आइल्याण्ड सम्पन्न राष्ट्रमा स्तरोन्नती हुने खबरमा टापूबासीले मिश्रित प्रतिक्रया दिएको बताए । केहीले हामीले हासिल गरेको उलेख्य उपलब्धिमा खुसी व्यक्त गरेका छन् । तर धेरै नागरिक परिवर्तित हैसियतले अबका दिनमा यो मुलुकले पाउने अनुदानमा के फरक ल्याउँछ भन्नेमा सशंकित छन् ।

ब्राउनले यो परिवर्तनले उनको मुलुक राष्ट्रसंघबाट लगानीका लागि योग्य नहुने बताए । उनले सरकारले भने क्षेत्रिय दाताराष्ट्रहरु न्युजील्याण्ड र अष्टे«लियासँग तिनले के कस्ता सहयोग निरन्तरता दिन सक्छन् भनेर वार्ता चलाइसकेको बताए । हुनत कुकु आइल्याण्ड २०१८ को अन्त्यसम्म आधिकारिक रुपमा सम्पन्न राष्ट्रको घोषणा हुने छैन ।

(https://flossdental.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो :  माओवादी केन्द्र
प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो : माओवादी केन्द्र
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
Beware The Offshore Girls With regards to Marriage by chinesemailorderbrides. net Scam
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो