वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
१५ पटक हेरिएको
Shares
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र

सारांश

  • – केदार मगर चारैतिर फलामे डण्डीले घेरिएको रमणीयस्थल ।
  • घेराबारभित्र विभिन्न प्रजातिका फूल रोपिएको गमला ।
  • गमलैपिच्छे उल्लेख गरिएको छ फूल रोप्ने व्यक्तिको नाम र ठेगाना ।

– केदार मगर

चारैतिर फलामे डण्डीले घेरिएको रमणीयस्थल । घेराबारभित्र विभिन्न प्रजातिका फूल रोपिएको गमला । गमलैपिच्छे उल्लेख गरिएको छ फूल रोप्ने व्यक्तिको नाम र ठेगाना । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित कर्मामन्दिर नजिकै रहेको ज्येष्ठ नागरिकले सञ्चालन गरेको दिवा सेवा केन्द्रकोे पञ्चिमपट्टि प्रवेशद्वार छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा निर्माण गरिएको प्रवेशद्वारबाट भित्र पसेपछि घाँसे चउरमा दिनभर भेला भएर वृद्धवृद्धा बस्छन् ।

पारिलो घाममा भेला भएर दिनभर बस्ने ज्येष्ठ नागरिक सङ्घमा आबद्ध वृद्धवृद्धा दैनिक बिहान खाना खाएर आएका हुन्छन् । केन्द्रमा भेला हुने उहाँहरु घाम मात्र तापेर बस्दैनन् । आ–आफ्नो नामको गमलामा पानी हाल्छन्, भजन गाउँछन्, महाभारत, गीता, स्वस्थानीलगायत विभिन्न धार्मिकग्रन्थमा आधारित किताब पढ्छन्, कथा सुनाउँछन् र ऐतिहासिक कुरा गरेर दिन बिताउँछन्।

विसं २०७० मा गठन भएको ज्येष्ठ नागरिक सङ्घमा आबद्ध वृद्धवृद्धा जिल्लामा हुने भ्रष्टचार, कुरीति, ढिलासुस्ती, कालोबजारीलगायतका विषयमा एकजुट भएर सम्बन्धित निकायमा खबरदारीसमेत गर्छन् । स्थानीयवासी दुर्गाप्रसाद घिमिरेको नेतृत्वमा गठित ज्येष्ठ नागरिक सङ्घमा ३७१ आजीवन सदस्य छन् । चन्दा सङ्कलन, देउसी–भैलो तथा दातृ निकायको आर्थिक सहयोगमा निर्माण गरिएको दिवा सेवा केन्द्र भवनलाई सुरक्षित बनाउन नगरपालिकाको रु १५ लाख लगानीमा बार र प्रवेशद्वार निर्माण गरिएको हो । उहाँहरुले करीब दुई वर्ष लगाएर रु २१ लाख लगानीमा दिवा सेवा केन्द्र भवन निर्माण गरेका हुन् ।

ज्येष्ठ नागरिक तथा बालमैत्री शौचालयसमेत रहेको सङ्घको दुईतले पक्की भवन भवनगैरास्थित कर्मामन्दिर नजिकै हुलाकडाँडामा छ । गर्मी मौसममा बढी घाम लाग्दा र वर्षात्को समयमा पानी पर्दा ओत लाग्न मिल्नेगरी आफ्नै लगानीमा भवन निर्माण गरिएको ज्येष्ठ नागरिक सङ्घले जनाएको छ । ज्येष्ठ नागरिकहरुबीच भेटघाट गर्न र अनुभव आदानप्रदान गर्न आफ्नै भवन निर्माण गरेर दिवा सेवा केन्द्र स्थापना गरिएको सङ्घका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

“दिवा सेवा केन्द्र सञ्चालन गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई घरमा दिन बिताउन गाह्रो हुने भएकाले उनीहरूका लागि दिवा सेवा सुख÷दुःखको अनुभव साटासाट गरे दिन बिताउने थलो बनेको छ ।” यसअघि समय बिताउनै मुस्किल हुने वृद्धवृद्धालाई दिवा सेवा केन्द्र स्थापना भएपछि सुख–दुःखको अनुभव साटासाट गर्ने रमाइलो थलो बनेको छ ।

दिवा सेवा केन्द्रमा नाच्ने, गाउँने धेरैजना हुने भएकाले केन्द्रमा भेला हुने वृद्धवृद्धा खुशी र तनावरहित देखिन्छन् । सो केन्द्र नयाँपुस्तालाई केही सिक्नुपरेमा पुरानो पुस्ता भेट्ने मुख्य स्थानसमेत बनाइएको अध्यक्ष घिमिरेले बताउनुभयो । आफ्नो हक तथा अधिकारका लागि एकजुट भएर अगाडि बढिरहेका उहाँहरुले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिनुपर्ने माग गरेका छन् ।

दैनिकजसो हरेक नयाँ विषयमा छलफल चलाउने उहाँहरुले नगरप्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको छ । उहाँहरुले गत बिहीबार नगरप्रमुख दीपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै एकल महिलासरह एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गर्न माग गरेको हो । महिला र पुरुषलाई समान अधिकार भनिरहँदा श्रीमतीको मृत्यु भएका, कुनै कारणबाट श्रीमतीसँग बिछोड भएका, अर्को विवाह नगरेका ७० वर्षभन्दा कम उमेरका विदुरले कष्टकासाथ जीवन बिताइरहेकाले सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

ज्येष्ठ नागरिक सङ्घले जिल्लाका वृद्धवृद्धालाई धार्मिक भ्रमण तथा तीर्थाटन गराउन बस खरीद गर्नेसमेत तयारी गरेको छ । नेपालका विभिन्न धर्मशाला, मठमन्दिर, रमणीयस्थलदेखि शहर घुमफिर गर्ने ज्येष्ठ नागरिकको चाहनालाई मध्यनजर गर्दै ३२ सिट भएको बस खरीद गर्ने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल
ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
सुर्खेत कारागार अवलोकन:कानूनमन्त्री
सुर्खेत कारागार अवलोकन:कानूनमन्त्री
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
कोरोना संक्रमणबाट आज २६ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज २६ जनाको मृत्यु
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

तपाईंले छुटाउनुभयो कि?