कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्ने

सारांश

  • काठमाडौं ।
  • कुमारी बैंकले मंगलबार आफनो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।
  • बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी गर्नेछ ।

काठमाडौं । कुमारी बैंकले मंगलबार आफनो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले यस लिलामी सेयरमा आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । यसमा कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने हुन्छ । लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे खोलिनेछ ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?