संसदको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
संसदको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ।
  • संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसदमा पार्टीले गरिरहेको अवरोधकाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ।

संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसदमा पार्टीले गरिरहेको अवरोधकाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्।

बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको बताउँदै पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफूहरुको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताए। सभामुखले रुलिङ गरेको विषय संविधान र शान्ति सम्झौता बमोजिम नआएको बताउँदै आफूहरु निरेपक्ष रुपमा शब्दको पछि नलागेको र सिंगो जनयुद्धको अपमान गरेकोले यसलाई प्रतिवाद गरेर जाने निर्णय गरेको पाण्डेले बताए।

बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गरेको थियो र संसदको बैठक स्थगित भएको थियो।

बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको भएपनि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको निष्कर्ष निकालेको पाण्डेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन
विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
बागलुङमै ‘डायलासिस’ सेवा शुरु
बागलुङमै ‘डायलासिस’ सेवा शुरु
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ