‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?

सारांश

  • बैतडी, पुस २० ।
  • वीस वर्ष नपुग्दै वच्चा पाउन नेपाली खप्पीस छन् ।
  • वैतडीकाे डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् ।

बैतडी, पुस २० । वीस वर्ष नपुग्दै वच्चा पाउन नेपाली खप्पीस छन् । वैतडीकाे डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन् ।

मकवानपुरको राक्सिराङ– ७ काँकडाका किशोरी आमा बच्चा बोक्दै । उनीहरूको ११ देखि १३ वर्षमै विवाह भएको हो । सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो । २१ लागेकी धामीका दुई सन्तान छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

१६ वर्षमै बिहे भएकी उनले पनि स्थायी परिवार नियोजन गरेकी छन् । ‘बिहेबारे थाहा नहुँदै आफ्नो बिहे भयो । धेरै सन्तान जन्माएर कसरी हुर्काउनु ?’ निर्मलाले भनिन्, ‘दुई छोराछोरी भएपछि अब नजन्माउने सहमतिमा बन्ध्याकरण गरेका हौं ।’

वसन्तीको १५ वर्षको उमेरमा ७ कक्षा पढ्दा बिहे भएको थियो । १६ वर्षमा पहिलो र १८ पुग्दा दोस्रो छोरा जन्मिएको हो । बिहेलगत्तै गर्भवती भएपछि उनले पढ्न पाइनन् । ‘१५ वर्षमा बिहे भयो, १८ वर्ष पुग्दा दुई छोरा जन्मिए, धेरै सन्तान नजन्माउने सोचले परिवार नियोजन गरेकी हुँ,’ वसन्तीले भनिन्, ‘पढेर जागिर गर्ने धोको अधुरै रह्यो ।’, नेपालका अधिकांस जिल्लाकाे हविगतकाे प्रतिनिधि पात्रमात्र हुन यिनीहरु ।

(fii-institute)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?