कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
६२९ पटक हेरिएको
Shares
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए

सारांश

  • नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भएका छन् ।
  • हाइड्रो नेपालले वर्ष २०७३ को लागि मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उनको योगदानको कदर गर्दै सम्मानको घोषणा गरेको छ ।
  • घिसिङ वर्षकै हाइड्रोमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित हुने भएका हुन् ।
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भएका छन् । हाइड्रो नेपालले वर्ष २०७३ को लागि मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उनको योगदानको कदर गर्दै सम्मानको घोषणा गरेको छ ।

घिसिङ वर्षकै हाइड्रोमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित हुने भएका हुन् । उनले गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति बुझेका थिए ।
उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै लोडसेडिङको न्युनीकरण र जलविद्युतको पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै सम्मान गर्न लागिएको हो ।
काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले हाइड्रोको विकासका लागि उत्सहा थपेका छन् । ऊर्जा सकंट बेहोरिरहेको मुलुकमा आˆनो कुशल ब्यवस्थापनको माध्यमबाट कुलमानले पूर्वाधारमा लगानी बढाउन निजी तथा सरकारी क्षेत्रलाई उत्प्रेरित समेत गरेका छन् । त्यसैबापत उनलाई यो सम्मान प्रदान गरिएको  संस्थाले जनाएको छ ।
संस्थाले हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठ प्रदान गर्ने निर्णय गरेको छ ।
डा. हरिमान श्रेष्ठ जलविद्युत् क्षेत्रका एक पायोनियर व्यक्तित्व हुन् । उनले सन् १९६६ मा तत्कालीन सोभियत संघबाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए ।
जुन आज ५० वर्षपछि सम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा रहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?