सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण  : सभामुख गौतम

सारांश

  • काठमाडौं ।
  • प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताएका छन् ।
  • संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान तथा अन्तरक्रियामा उनले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताए ।

काठमाडौं । प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताएका छन् ।

संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान तथा अन्तरक्रियामा उनले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताए । उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर जाने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मञ्च आवद्ध सञ्चारकर्मी र सदनका समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सक्दो सचिवालयले सहज र सरल ढङ्गले सूचना दिने गरेको बताए ।

मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँइटेल र पत्रकार अर्जुन आचार्यले पनि सदन र सचिवालयको विविध पक्षमा चर्चा गरेका थिए ।

कार्यक्रममा सभामुख गौतम र उपसभामुख दनुवारलाई मञ्चले खादा लगाएर स्वागत र सम्मान गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?