कुलमान भन्छन्‘ नौ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ७ अर्ब नाफामा पुर्याए’

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
कुलमान भन्छन्‘ नौ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ७ अर्ब नाफामा पुर्याए’

सारांश

  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताए ।
  • धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेलले शुभ–दिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरे ।
  • आगामी वर्ष दश अर्ब नाफामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाई छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताए । धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेलले शुभ–दिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरे ।

आगामी वर्ष दश अर्ब नाफामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाई छ । “हामीले विद्युतभार कटौती मात्रै अन्त्य गरेनौँ ।” उनले भने, “अब विद्युत् अपुगभन्दा पनि प्रयाप्त भएकाले सक्ने जति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।”

सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युतलाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उनले बताए । उनले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पु¥याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पु¥याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पु¥याउने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रासस

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित
कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित
कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित
कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !
कस्ले चलाउँछ पाेखराको पवित्र सीता गुफा भित्रै यौन धन्दा !
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
Kajol: Ajay Devgn much better than me at pampering kids
Kajol: Ajay Devgn much better than me at pampering kids
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव