काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
१५ पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १३२ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३२ जना थपिएसँगै जोखिम बढेको छ ।
  • त्यसैगरी आज २४ घन्टामा १७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा आज एकै दिन १३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३२ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा १७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ६ सय ६४ रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ४ सय ६२ जनाको पिसीआर परिक्षणमा ६ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको आएको गौतमले बताएका हुन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ११० जना र ललितपुरका १४ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?