कुष्ठरोगका ८८ नयाँ बिरामी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
३० पटक हेरिएको
Shares
कुष्ठरोगका ८८ नयाँ बिरामी

सारांश

  • नवलपरासी, १५ फागुन, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् ।
  • खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् ।
  • नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डाका कार्यक्रम प्रमुख रामराज पण्डितले बताउनुभयो ।

नवलपरासी, १५ फागुन, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् ।
खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् । नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डाका कार्यक्रम प्रमुख रामराज पण्डितले बताउनुभयो । स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको विशेषज्ञ टोलीले घरघरमा पुगेर शङ्कास्पद बिरामीलाई दामियन फाउन्डेशनको सहयोगमा पहिचान गरी परीक्षण गरिएको थियो ।
नेपाललाई सन् २०१० मा नै कुष्ठरोग उन्मूलन भएको भनेर घोषणा गरिको भए पनि नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, कैलालीलगायत जिल्लामा कुष्ठरोग भएका बिरामीको दर बढी पाइएकाले खोजी अभियान सञ्चालन गरिएको थियो । नवलपरासीमा गत वर्ष मात्र ७७ नयाँ कुष्ठरोगी भेटिएकामा दुई जना अङ्गभ¬ङ्ग र चार बालबालिका रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
गीता जयन्ती सम्पन्न-फोटोफिचर
गीता जयन्ती सम्पन्न-फोटोफिचर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
भक्तपुरमा  निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
भक्तपुरमा निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
राष्ट्रियसभाको निर्वाचन माघ २५ मा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
राष्ट्रियसभाको निर्वाचन माघ २५ मा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
लखन कप: युएनविसी र फुर्सेखाली विजयी
लखन कप: युएनविसी र फुर्सेखाली विजयी
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की

तपाईंले छुटाउनुभयो कि?