उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस

सारांश

  • २५ असोज, विराटनगर ।
  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं-५ बाट सिफारिस गरिएको छ ।
  • उक्त क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।

२५ असोज, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं-५ बाट सिफारिस गरिएको छ ।

उक्त क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र-५ अन्तर्गत विराटनगर-१४ को स्थायी वासिन्दा हुन् ।

यस अघि नै सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

साथै छ वटा प्रतिनिधिसभा क्षेत्र र १२ वटा प्रदेशसभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको राजकुमार यादवले जानकारी गराए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?