बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १०, २०७९
|
|
४६ पटक हेरिएको
Shares
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा

सारांश

  • बुटवल।
  • लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिकाको निर्वाचनमा मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् ।
  • २०७४ को निर्वाचनमा एमालले जितेको बुटवलको विरासत बचाउन एमालले अन्तिम कसरत गरिरहेको छ ।

बुटवल। लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिकाको निर्वाचनमा मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । २०७४ को निर्वाचनमा एमालले जितेको बुटवलको विरासत बचाउन एमालले अन्तिम कसरत गरिरहेको छ । उता गठबन्धनवाटै बुटवलको प्रमुख पद पाएको नेपाली कांग्रेस एमाले किल्ला तोड्ने दाउमा छ । तर दुबै दललाई आ आफ्ना चुनौती भने संग संगै छन् । नेकपा एमाललेलाई गठबन्धनको त्रास छ भने एमालेबाट फुटेर बनेको नेकपा एककिृत समाजवादीले बुटवलको विरासत जोगाउन चुनौती दिईरहेका छन् ।
गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीको गठबन्धनलाई चिरेर बुटवलमा नतिजा दोहोर्याउने दाउमा रहेको एमालेले उमेदवार छनोटलाई अन्तिम रुप दिन वाँकी छ । मजवुत गठबन्धन भएसंगै एकिकृत समाजवादीले काट्ने भोटले नतिजा तलमाथी हुने आंकलन गरिएको छ । २ हजार ३ सय ९४ मतले चुनाव जितेको एमालले बुटवलको नतिजा आफ्नो पक्षमा पार्न आक्रामक चुनावी शैली अपनाउने तयारी अघि बढाएको छ ।
त्यसो त गठबधन्धवाट बुटवलमा मेयर पाएको कांग्रेस आन्तरिक विवादमा फर्सेको छ । एकिकृत समाजवादीलाई उपमेयर दिएर चुनावी मैदानमा उत्रिने अन्तिम तयारीमा रहेको कांग्रेसलाई पार्टिका क्षेत्रिय सभापती हरि लम्सालको राजिनामा देखि नगर सभापती खेलराज पाण्डेको एकल सिफारिसले टाउको दुखाईको विषय बनेको छ । टिकट कसलाई दिने भन्ने विषय नटुगिंदै कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो । जसका कारण पनि कांग्रैसलाई बुटवलको चुनावी परिणामले झस्काएको छ । बुटवल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो । सोही कारण एमालेलाई पनि बुटवल प्रतिष्ठाको विषय छ ।
कांग्रेसका क्षेत्रिय सभापती लम्सालको राजिनामा
बुटवल उपमहानगरपालिकाले मेयरको उमेदवार सिफारिस गर्ने क्रममा नगर सभापती खेलराज पाण्डेको मात्र नाम सिफारिस गर्यो । नगर समितिले गरेको सिफारिस क्षेत्रिय समितिलाई बुझाउनुको सट्टा जिल्लामा पढाईएको भन्दै क्षेत्रिय सभापती हरि लम्साल सहित कांग्रेसका १७ जना नेताले त्यसको विरुद्धमा कांग्रेसको प्रदेश र जिल्लामा विरोध पत्र बुझाए । त्यसको ती दिन पछि क्षेत्रिय सभापती लम्सालले नगरसमितिको पुर्वाग्रही सिफारिस तथा जिल्ला र केन्द्रले न्याय प्रदान नगरेको भन्दै पार्टिको साधारण सदस्य नरहने गरि राजिनामा बुझाए । उनि मेयर पदका आकाक्षी थिए । उनको राजिनामा संगै मेयरको उमेदवार खेलराज पाण्डे मात्र हुने कांग्रेसका कतिपय नेताले गरेका छन् ।
एमालेमा टिकट वितरणमा सकस
नेकपा एमालले बुटवलको मेयर पदको टिकट वितरणको टुगो लगाउन सकेको छैन । पार्टिको नगर समितिले ७ जना आकाक्षींको नाम माथिल्लो कमिटिमा पढाएको थियो । तर उनीहरु मध्ये वाहालवाला मेयर शिवराज सुवेदी, वावुराम भट्टराई र गोपाल राना अन्तिम दौडमा रहेका छन् । उनीहरु मध्ये टिकट कसले पाउने भन्ने विषयमा कार्यकर्ताहरुमा पनि निकै उत्सुकता रहेको छ । सुवेदी अलोकप्रिय रहेको टिप्पणी पार्टि भित्रै उठेको छ भने राना विष्णु पौडेका नजिकका व्यक्ति हुन् भने भट्टराई बौद्धिक नेताका रुपमा चिनिन्छन् । गएको निर्वाचनमा मेयरमा नेकपा एमालेका शिवराज सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ ल्याएका थिए । सुवेदी र पाण्डेको मत २ हजार ३९८ को अन्तर थियो ।
एमाले पार्टी विभाजनले खासै असर नगरेको भन्दै आक्रामक रूपमा निर्वाचनमा होमिएको छ । तर, यो पटकको निर्वाचन जित्न सबैले रुचाएको र कार्यकर्तामाझ भिजेको उम्मेदवार छान्न एमालेसामु चुनौती छ । एमाले बुटवलमा आफ्नो विरासत गुमाउन चाहँदैन । एमालेले २०५६ देखि कुनै निर्वाचन गुमाएको छैन । एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवलमा एमालेको संगठन बलियो भएकाले जुनसुकै गठबन्धन आए पनि सहजै जित्ने दाबी गरे । पार्टी विभाजनपछि पनि बुटवलमा एमाले सग्लो रहेको उनको भनाई छ । १९ वटा वडा रहेको बुटवलमा २४ हजार मतदाता बढेका छन् । गएको निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६७ पुगेका छन् ।
एकिृकत समाजवादीले उपमेयरमा छान्यो
मेयर पदमा दावी गरेपनि गठबन्धनवाट एकिकृत समाजवादीले उपमेयर पाएको छ । सो पदमा पार्टीका नगर अध्यक्ष चिन वहादुर गुरुङलाई पठाउने भएको छ । पार्टीको केन्द्रिय निर्णय अनुसार गुरुङलाइलाई उपमेयर सिफारिस गरिएको सो पार्टिका जिल्ला अध्यक्ष राजु गुरुङले बताए । यस अघि एमालेवाट वडा सदस्यमा चुनाव जितेका गुरुङलाई पार्टीले उपमेयर बनाएको हो । यातायात व्यवसायी हुर्दै विभिन्न संघ संस्थामा रहेर काम गरेका गुरुङलाई उपमेयरमा टुङगो लगाए पनि गठबन्धन अन्तरगत नेपाली कांग्रेसले मेयर पदको छिनोफानो नगर्दा अन्योल कायमै रहेको छ ।[image: butwal-uapamanagarpaliak.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिए
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार
ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
सलमान खानका १० प्रेमिका
सलमान खानका १० प्रेमिका
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले    ।( भिडियो सहित)
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले ।( भिडियो सहित)
एकता प्रक्रियाले पूर्णता पाएसँगै नेकपामा जिम्मेवारी तोक्न सकस
एकता प्रक्रियाले पूर्णता पाएसँगै नेकपामा जिम्मेवारी तोक्न सकस
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…