अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद

सारांश

  • दाङ, ४ फागुन ।
  • अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद लमहीको लालकिरण होटलमा सम्पन्न भएको छ ।
  • संघका जिल्ला अध्यक्ष भानु जीएमको अध्यक्षता र महासचिव चक्रपाणि पौडेलको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको थियो ।

दाङ, ४ फागुन । अखिल नेपाल शिक्षक संघ दाङको पाँचौ जिल्ला परिषद लमहीको लालकिरण होटलमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष भानु जीएमको अध्यक्षता र महासचिव चक्रपाणि पौडेलको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चक्रपाणि पौडेल, विशिष्ट अतिथि अनेशिसंघका केन्द्रीय सदस्य कपिलदेव खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार काशीनाथ पोख्रेल, रक्तिम अभियानका महासचिव नारायण योगी, राष्ट्रिय जनमोर्चा दाङका सचिव गणेश आचार्य, नेपाल शिक्षक महासंघका ५ नम्बर प्रदेशका उपमहासचिव अर्थ लालबहादुर भण्डारी, रक्तिम अभियान दाङका अध्यक्ष धनिराम भण्डारी, अखिल नेपाल युवक संघ दाङका सचिव लीलाबहादुर पुन र अखिल नेपाल किसान संघका विष्णुबहादुर भुसालले शुभकामना मन्तव्य राखेका थिए ।

परिषदले वार्षिक मुखपत्र “शिक्षा”को वर्ष २ अंक २ यही २०७४ चैत्रभित्रै प्रकाशन गर्ने निर्णय गरेको छ । त्यस्तै संघले अक्षयकोष स्थापना गर्ने, पेशागत क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने लगायतका निर्णयहरु पारित गरेको छ । सहसचिव संगीता गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रुमालप्रसाद बसेलले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुनेः सभापति देउवा
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
Katrina Kaif gets misbehaved by Salman Khan fans, here’s how she reacts
Katrina Kaif gets misbehaved by Salman Khan fans, here’s how she reacts
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय

तपाईंले छुटाउनुभयो कि?