नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
सारांश
- राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सकिएको छ ।
- दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरे ।
- वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सकिएको छ । दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरे । वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन् । केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ । समझदारीपत्रमा हस्ताक्षर पछि संयुक्त विज्ञप्ती जारी गरियो ।
दुईपक्षीय वार्ताअघि प्रधानमन्त्री ओलीले सीसँग अलग्गै भेटवार्ता गरेका थिए। आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।
सी आजै स्वदेश फर्कदैछन् ।
प्रतिक्रिया