कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
सारांश
- काठमाडौं ।
- नेपाल पर्वतारोहण संघ (एनएमए) मा नयाँ नेतृत्व चयनका लागि आह्वान गरिएको साधारणसभाको मिति नजिकिएसँगै अहिले संघ चर्चाको चरम चुलीमा रहेको छ ।
- व्यवसायीहरु पनि अव संघमा कस्तो नेतृत्व आउला भन्ने प्रतिक्षामा छन् भने नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्दै आएकाहरु पनि निर्वाचन माहोल आफ्नो पक्षमा बनाउनमा व्यस्त देखिन्छन् ।
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) मा नयाँ नेतृत्व चयनका लागि आह्वान गरिएको साधारणसभाको मिति नजिकिएसँगै अहिले संघ चर्चाको चरम चुलीमा रहेको छ । व्यवसायीहरु पनि अव संघमा कस्तो नेतृत्व आउला भन्ने प्रतिक्षामा छन् भने नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्दै आएकाहरु पनि निर्वाचन माहोल आफ्नो पक्षमा बनाउनमा व्यस्त देखिन्छन् ।
साधाणसभा नजिकिएसँगै संघले विगतमा गरेको कामहरुबारे गरिएको अनावश्यक प्रचारप्रति भने संघ स्वंयमले गम्भिर चासो देखाएको छ । अध्यक्ष आङछिरिङ शेर्पाले संघ र संघका केही पदाधिकारीहरुको चरित्र हत्या गर्ने गरि केही दिनयता सामाजिक संजालमा विभिन्न खालका टिकाटिप्पणी भएकोमा गम्भिर ध्यानाकषर्ण भएको बताए ।
त्यस्तै महासचिव ठाकुरराज पाण्डेले पनि निर्वाचनको माहोललाई लक्षित गरि गरिएको अनावश्यक गतल प्रचारप्रति गम्भिर ध्यानाकर्षण जनाउदै झुटा प्रचार रोक्न आग्रह गरे ।
केहीदिन यता संघको पोखरामा संचालनमा संचालित अन्तर्राष्ट्रिय संग्रहालयभित्रको कफी खेती, त्यहाँ संचालित रेष्टुरेन्ट, हिमाल आरोहण अनुमित जारी गरे परेवापत पाउने रोयल्टी र कृतिम क्लाइम्वीङवाल निर्माणको विषयमा विभिन्न खालका टिकाटिप्पणीहरु भइरेहका छन् ।
खासगरी पोखरा अन्तर्राष्ट्रिय संग्रहालयभित्र हालका प्रथम उपाध्यक्ष सन्तबीर लामाले मनोमानी ढंगले कफी खेतीमा संचालन गरेको आरोप लगाइएको छ । लामा नेपालमा कफी उत्पादनका सुरुवातकर्ता समेत हुन् ।
नेपालमा कफी खेतीको प्रवद्र्धनका लागि विगत लामो समयदेखि लामाले एभेष्ट कफी नामक आफ्नो कम्पनीमार्फत सहयोग गर्दै आएका छन् । सोही अनुसार संग्रहालय भित्र खाली जग्गा रहेको कारण त्यहाँ कफी खेती गरि संघलाई आम्दानी जुटाउन सहयोग पु¥याउने उद्देश्यले लामाले एक लाख ८० हजार रुपैयाँ लागतमा कफी खेती सुरुवात गरेर उक्त खेती संघलाई हस्तान्तरण गरेको पूर्वअध्यक्षहरु बताउँछन् । हाल त्यहाँ उत्पादन हुने कफी नेपाल चिया, कफी विकास बोर्डले तोकेको मूल्यमा संघले नै बिक्री गर्दै आएको बुझिएको छ ।
त्यस्तै परिसरभित्रै संचालित रेष्टुरेन्ट समेत लामाले विना टेन्डर आफ्नो आफ्न्तलाई संचालनको जिम्मेवारी दिइएको भन्ने आरोपप्रति भने उनले खण्डन गरेका छन् । विगत १३ वर्ष अघि रेष्टुरेन्ट संचालनका लागि एनएमएले टेन्डर आह्वान गरेको थियो ।
सो समयमा टेन्डर पाएका व्यक्तिले रद्व गरेपछि मरिचमान तामाङलाई रेष्टुरेन्ट संचालनको जिम्मेवारी दिइएको थियो । लामाले सो समयमा आफु संघको कुनै पनि पदमा नरहेको कारण आफ्नो चरित्र हत्या गर्ने नियतले सो विषयमा आफुलाई जोडिएकोमा दुखेसो व्यक्त गरे ।
‘१३ वर्ष देखि उक्त रेष्टुरेन्ट संचालनमा छ, तर आज सम्म कसरी संचालनमा आयो भन्ने विषयमा कुनै चासो नदेखाउने’ उनले भने, ‘अहिले मैले संघको अध्यक्ष पदको लागि दाबेदारी प्रस्तुत गर्दै गर्दा हरेक विषयमा मलाई दोषी देख्ने ?’ उनले असम्बन्धि विषयमा झुटा प्रचार गरेर आफनो चरिक्र हत्या गर्ने कार्य रोक्न आग्रह गरे ।
त्यस्तै कृतिम क्लाइम्विङमा वाल विना टेन्डर आह्वान निर्माण गरिएको विषयमा आफ्नो नाम जोडिएको प्रतिपनि उनले खण्डन गरेका छन् । टेन्डर आह्वान गर्नुपर्ने ठाउँमा गरेको भएपनि वाल निर्माण प्राविधिक विषय भएको कारण ठेकेदारले निर्माण गर्न सक्ने अवस्था नरहेकाले टेन्डर आह्वान गरि संघको वार्षिक कार्यक्रम र बजेट अन्तर्गत निर्माण गरिएको जानकारी दिए ।
उनले आफु भए ठिक अरु भए बेठीक भन्ने सोचाई राख्नेहरुको कारण संघ र आफुलाई विवादित बनाउने प्रयास स्वरुप यस्तो कामहरु भएको बताए । ‘हामी नेपाल सरकारको विधि , विधान र स्वयंम हाम्रो विधान अनुसार चलेका छौ यदी हामीले गलत गरेका छौ भने हामी सजाय भोग्न तयार छौ, तर विना प्रमाण विना आधार अनावश्यक प्रचार गरेर संघ र व्यक्तिको चरित्य हत्या गर्नेहरु आगामी निर्वाचनबाट नाङगीने छन् ।’
साउन ८ गते गरिने एनएमएको निर्वाचनमा हालका प्रथम उपाध्यक्ष समेत रहेका लामा अध्यक्षका दाबेदार हुन ।
नेपाल पर्वतारोहण संघले विगत चार दशक देखि नेपालका २७ वटा हिमालहरुको अनुमति जारी गर्ने कार्य समेत गर्दै आएको छ । उक्त अनुमति जारी गरेपश्चात पाउने सर्भिस चार्जमा भ्रष्टाचारको विषय समेत निर्वाचनका बेला अझ चर्किएको छ ।
प्रतिक्रिया