दिपक मनाङे अब नायक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
४० पटक हेरिएको
Shares
दिपक मनाङे अब नायक

सारांश

  • पोखरा ।
  • गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् ।
  • अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् ।

पोखरा । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् ।

अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ ।

सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहितको बाँकी छायांकन अस्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले बताए ।

एक्सन र लभस्टोरी आधारित यो फिल्ममा ३ नायक र २ नायिका हुनेछन् । मनाङले पहिलोपटक फिल्म ‘वन वे’ निर्माण गरेका थिए । पछि उनले ‘पोइ प-यो काले’ र ‘२ नम्बरी’ मा पनि लगानी गरेका थिए । आफूले अभिनयमा डेब्यु गर्न लागे पनि छोरा सिद्धार्थलाई फिल्म ‘वन वे’मा उतारिसकेका थिए ।

गत ४ मंसिरको प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र सांसदमा निर्विरोध भएका मनाङले अहिले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । २०७४ सालको प्रदेशसभा चुनाव जितेर उनले गण्डकी प्रदेश सरकारको राजनीतिक खिचातानीबीच तीनपल्ट मन्त्री बन्ने सौभाग्य पाएका थिए ।

यसपालि भने कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन चाहेका छैनन् ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
कानुन संशोधन गर्न सरकारलाई सभामुखकाे ध्यानाकर्षण
कानुन संशोधन गर्न सरकारलाई सभामुखकाे ध्यानाकर्षण
New York terror attack: Eight killed by man driving truck
New York terror attack: Eight killed by man driving truck
सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ
सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका

तपाईंले छुटाउनुभयो कि?