कृषिलाई सम्मानित पेशा बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
कृषिलाई सम्मानित पेशा बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

सारांश

  • दमौली, १९ पुस ।
  • नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
  • ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताउनुभयो ।

दमौली, १९ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।” जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गर्नुभयो । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उहाँले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो कृषिबाटै सम्भव रहेको बताउनुभयो ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको समृद्धिमा सहकारी कोसेढुङ्गा बन्नुपर्ने बताउनुभयो ।सहकारीका अध्यक्ष लालबहादुर पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारी लगायतले कृषिमा आकर्षण बढाउन सरकारले योजना बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !
तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने
तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार
‘यसरी ठग्छन् वर्षमा १ खर्ब बढी यातायात व्यवसायी’
‘यसरी ठग्छन् वर्षमा १ खर्ब बढी यातायात व्यवसायी’

तपाईंले छुटाउनुभयो कि?