आन्दोलनको रिपोर्टिङ गर्दा पत्रकारको जागिर चट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
आन्दोलनको रिपोर्टिङ गर्दा पत्रकारको जागिर चट

सारांश

  • काठमाडौं, ५ माघ ।
  • दिपायललाई राजधानी नतोकिएको आक्रोशमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई गाली गरेको आरोपमा ईमेल च्यानलका डोटी समाचारदाता पवन महराको जागिर खोसिएको छ ।
  • उनी दुई बर्षदेखि ईमेज न्यानलमा कार्यरत थिए ।

काठमाडौं, ५ माघ । दिपायललाई राजधानी नतोकिएको आक्रोशमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई गाली गरेको आरोपमा ईमेल च्यानलका डोटी समाचारदाता पवन महराको जागिर खोसिएको छ । उनी दुई बर्षदेखि ईमेज न्यानलमा कार्यरत थिए ।

पत्रकार भएर आन्दोलनको समर्थन गरेको आरोप उनीमाथि लगाइएको छ । आज बिहान ११ बजेसम्म च्यानलमा लाइभ रिपोर्टिङ गरेका पत्रकार पवन महरालाई समाचार नपठाउन भनिएको छ । समाचार पठाउने ग्रुपमा नयाँ मान्छेलाई जोडिएको र आफूलाई त्यसबाट पनि हटाएको पवनको दावी छ । आज बेलुकीदेखि डोटीबाट अर्कै नयाँ समाचारदाताको नाममा समाचार आउन थालेको पवनले शिखरन्युजलाई बताए ।

https://www.facebook.com/K.C.MaharaPawan/posts/1889969397743594

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Madan Singh

    आन्दोलनकै समाचार सङ्कलन गर्दा जागिर खोसिने भए नेपालमा पत्रकार हरु उहिलेइ सकिसकेका हुन्थ्ये पत्रकारको नाममा दादागिरीको परिणाम हुन सक्छ

    Comment Author

    झलक पाली ‘झरना’

    समाचारकै भरमा जिम्मेवारीबाट मुक्त गरेको प्रमाणित हो भने मिडिया हाउसप्रती आपत्ती । तर बाह्य कारणले हो भने हामीले बोल्न आवश्यक छैन । पत्रकारीता र रिपोर्टिङ्कै कारण जिम्मेवारी खोसिएको होईन होला । सामाजिक सञ्जालका अभिव्यक्ति र बाह्य गतिविधी निगरानी भएका होलान् ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?