संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताउनुभएको छ ।
  • कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताउनुभएको छ ।

कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले भन्नुभयोे, “अपांगता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका विषयमा ऐन नियम बनाउनु अघि गम्भीर र फरक तरिकाले सोच्नैपर्छ, अझै पनि अपांगतासम्बन्धी सोच पुरानै छ, परिवर्तन गरिनुपर्छ, काम गर्ने तौरतरिका रचनात्मक र नयाँ संरचना अनुसारको हुुुनुपर्छ ।”

स्वास्थ्य सचिव डा किरण रेग्मीले अपांग हुनु विशेष परिस्थिति भएकाले यसलाई विशेषरुपमा हेर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिले कुष्ठरोग नियन्त्रण महाशाखाको बजेट पहिलेभन्दा पाँच गुणा बढेर आएकाले सरकार अपांगता भएका व्यक्तिका बारेमा गम्भीर भएको पुष्टि हुने बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक तथा कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चूडामणि भण्डारीले अपांगताको व्यवस्थापनसम्बन्धी मन्त्रालयले बनाएको १० वर्षे कार्ययोजनाबारे सरोकारवालालाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेपालको जनगणना २०६८ अनुसार कूल जनसंख्याको करिब १.९४ प्रतिशत व्यक्ति अर्थात् ५१ लाख ३ हजार ३२१ अपांगता भएका व्यक्ति छन् ।

आजदेखि तीनसदनसम्म चल्ने उक्त कार्यक्रममा अपांगतासम्बन्धी काम गर्ने करिब ४६ संघसंस्थाको प्रतिनिधित्व छ ।

कार्यक्रममा अपांगता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना २०७३÷८२ मा भएका अपांगता भएका व्यक्तिका लागि प्रवद्र्धनात्मक स्वास्थ्य सेवा, औषधोपचार, रोकधाम, पुनःस्थापना, मानवसंसाधन÷क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण र सूचना सञ्चार तथा तथ्यांक संकलनजस्ता विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए
महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
वीरगन्ज नाका भएर साढे ३० अर्बको इन्धन आयात
वीरगन्ज नाका भएर साढे ३० अर्बको इन्धन आयात
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
बलात्कार  गर्ने एक व्यक्ति पक्राउ
बलात्कार गर्ने एक व्यक्ति पक्राउ
Asia markets mixed as Trump-Xi takes centre stage
Asia markets mixed as Trump-Xi takes centre stage

तपाईंले छुटाउनुभयो कि?