दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार

सारांश

  • दाङ, ११ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सेक्रेटरी विक्रमसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
  • घोराहीस्थित तुलसीपुर चोकमा आज कोणसभा गर्नैलाग्दा प्रहरीले हस्तक्षेप गरी सेक्रेटरी विक्रमलगायत ३ जनालाई गिरफ्तार गरेको हो ।

दाङ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सेक्रेटरी विक्रमसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । घोराहीस्थित तुलसीपुर चोकमा आज कोणसभा गर्नैलाग्दा प्रहरीले हस्तक्षेप गरी सेक्रेटरी विक्रमलगायत ३ जनालाई गिरफ्तार गरेको हो ।

कोणसभाको कार्यक्रमको तयारीस्वरुप जम्मा भएका सेक्रेटरी विक्रम, दलित मुक्तिमोर्चाका सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओमप्रकाश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । पार्टीका राप्ती ब्यूरो इन्चार्ज सुवासले शान्तिपूर्ण रुपमा सार्वजनिक ठाउँमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्दै विना कारण गिरफ्तारीमा परेका तीनैजनालाई छिटोभन्दा छिटो रिहा गर्न माग गरेका छन् । उनले रिहा नगरिए संघर्ष कडा गर्न बाध्य हुने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?