केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
३१ पटक हेरिएको
Shares
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

सारांश

  • काठमाडौँ ।
  • नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।
  • केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?