२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक

सारांश

  • काठमाडौं, असोज ५ – यही असोज २ गते चुनाव सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २७ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
  • निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.
  • इ.

काठमाडौं, असोज ५ – यही असोज २ गते चुनाव सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २७ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) लाई प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार ९ स्थानीय तहमा, नेकपा एमालेका ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ५ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ४ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका ३ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन् । यसैगरी, अहिलेसम्म ५९५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका ११२ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्बदलीय सहमति गरी मतगणना सुचारू गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ ।

त्यस्तै, राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजबिराज नगरपलिका  वडा नम्वर १५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?