तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
५४ पटक हेरिएको
Shares
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी

सारांश

  • गायिका सोफिया थापाले आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् ।
  • उनको सोमवार सार्वजनिक भएको गीत ‘तिज गीत’ विवादमा परेको थियो ।
  • विभिन्न व्यक्तिहरुबाट फोन र म्यासेजमा धम्की आइरहेको उनले बताइन् ।

गायिका सोफिया थापाले आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । उनको सोमवार सार्वजनिक भएको गीत ‘तिज गीत’ विवादमा परेको थियो ।

विभिन्न व्यक्तिहरुबाट फोन र म्यासेजमा धम्की आइरहेको उनले बताइन् । गीत नहटाए भौतिक आक्रमण गर्ने चेतावनीसमेत आएपछि उनले बुटबल र काठमाडौं प्रहरीमा लिखित उजुरी दिएकी हुन् ।

‘हिजो गीत अपलोड भएदेखि नै लगातार चेतावनी र धम्की आइरहेको छ । हिन्दूवादीहरु संगठितरुपमा नै ममाथि खनिएका छन् । मैले आफ्नो ज्यानको सुरक्षा गरिपाउँ भन्दै उजुरी दिएको छु,’ थापाले भनिन् ।

सोफियाले ‘यसपालीको तिज, नो व्रत प्लिज‘’ बोलको गीत आफ्नै रचना र संगीतमा गाएकी हुन् । उक्त गीतले तिजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पु¥याएको भन्दै आलोचना भएको छ । सोफियाले चाहिँ आफूले गीतमार्फत लैंगिक चेतना जगाउने उद्देश्य मात्रै राखेको बताइन् । आफूले कुनै गल्ति नगरेको भन्दै उनले कसैको दवावमा परेर गीत यूट्यूटबाट नहटाउने अडान व्यक्त गरिन् ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति तथा हिन्दु जागरण नेपालले सोफियालाई सो गीत हटाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी
मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी
खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना !
खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना !
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने
The very best Russian Internet dating sites
भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा
भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा
नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै
नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै
जनताले विकास गर्ने पार्टी काँग्रेसलाई रोज्ने छन् : प्रधानमन्त्री
जनताले विकास गर्ने पार्टी काँग्रेसलाई रोज्ने छन् : प्रधानमन्त्री
राधा चौधरी बोक्सी प्रकरण: भोलेबाबा जेल चलान !
राधा चौधरी बोक्सी प्रकरण: भोलेबाबा जेल चलान !
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय