टर्कीलाई संयम रहन आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
टर्कीलाई संयम रहन आग्रह

सारांश

  • वासिङ्टन, ८ माघ ।
  •   टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
  • टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ ।

वासिङ्टन, ८ माघ ।  टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ ।

टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ ।

उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले शनिबार राति हवाई आक्रमण पनि गरेको एक समाचारमा जनाइएको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ ।

टर्कीले उक्त सहरमा गएराति विभिन्न ११ वटा युद्धक विमानबाट हवाई आक्रमण गरेको छ । सो आक्रमणको बारेमा टर्कीले कुनै पनि स्पष्टिकरण दिएको छैन ।

संयुक्त राष्ट्रसंघले अमेरिकाले टर्कीले गरेको भनिएको सो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जानेगरी कुनै पनि कारबाही नहोस् भनी संयमताका लागि आग्रह गरेको हो ।

त्यसैगरी उसले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ ।

उता फ्रान्सले भने जतिसक्दो चाँडै युद्धविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमवार त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ ।

तर यस विषयमा राष्ट्रसंघले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।

उक्त विद्रोही समूहले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । टर्कीले गरेको यस हवाई हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अधिकारवादीहरुले जनाएका छन् ।

टर्कीको कुर्दिस विद्रोहीसँग सम्बन्ध भएकोले अंकाराले नै वाइपीजी नाम गरेको उक्त समूहलाई आतङ्ककवादी समूहको रूपमा हेर्दै आएको छ ।

कुर्दिस सो लडाकू समूहलाई धपाउने कारबाहीका क्रममा टर्कीका सैनिकहरूले सिरियाको उत्तरी क्षेत्र सिनाईमा यसअघि नै प्रवेश गरेका जनाइएको थियो ।

उक्त कुर्दिस लडाकू समूह टर्कीको उत्तरतर्फको सीमा जोडिएको क्षेत्र अफ्रिनमा पनि विगतका केही महिनाहरुदेखि सक्रिय रहेको बताइन्छ ।

उक्त आक्रमण रोकी संयम रहन अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता हिदर नउटले पनि आग्रह गर्नुभएको अर्काे एक समाचारमा जनाइएको छ ।

उहाँले टर्कीका नाममा आग्रहगर्दै भन्नुभएको छ– सो आक्रमणको क्रम जतिसक्दो चाँडै रोकेर सर्वसाधारण नागरिकको ज्यान सुरक्षित हुने अवस्थाको घोषणा गरियोस् ।

टर्कीले गएका केही महिनादेखि आफ्रिन र त्यहाँबाट करिब १०० किलोमिटर टाढाको सहर मान्बिमा ती कुर्दिस लडाकूलाई धपाउने चेतावनी दिँदै आएको छ ।

उता हिजोमात्र पनि सिरियाको विषयलाई लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच पनि फोनवार्ता भएको थियो ।

सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उहाँहरुले छलफल गर्नुभएको रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन । अमेरिका र रुसको अगुवाई यसअघि भएका विभिन्न वार्ताहरु सफल हुन सकेका छैनन् ।

वर्ष दिनमात्र अघि पनि पछिल्लो पटकको वार्ता साउदी अरेबियाले आयोजना गरेको थियो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
काठमाडौंमा लगातार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण
काठमाडौंमा लगातार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
Wine Shop Owner Shot Dead, Looted in Mumbai: Spreads Fear in the Community
Wine Shop Owner Shot Dead, Looted in Mumbai: Spreads Fear in the Community
उपराष्ट्रपतिको मतदानमा को–को भए अनुपस्थित ?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो

तपाईंले छुटाउनुभयो कि?