केपी ओली चौथोपटक प्रधानमन्त्री बन्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
केपी ओली चौथोपटक प्रधानमन्त्री बन्दै

सारांश

  • काठमाडाैं।
  • कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्नेछन्।
  • उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए।

काठमाडाैं। कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्नेछन्। उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन गरे। ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।

०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए। झन्डै दुईतिहाइनजिकको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए। त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो।

तर, आलोपालोको सहमति कार्यान्वयन भएन। बरु, नेकपाभित्रको विवाद चुलियो। पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो। लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला गर्‍यो। त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो। दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए।

ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्। त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो। तर, कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन्। यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए।

तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए। त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्‍यो। ओली यतिखेर दुई महिना प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा
भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा
आम निर्वाचनको एक वर्ष : अस्थिर सरकार र अर्थहीन काम
आम निर्वाचनको एक वर्ष : अस्थिर सरकार र अर्थहीन काम
नेकपाका शीर्ष नेताबीचमै धम्की र घुर्की
Ставки На Спорт Онлайн Букмекерские Ставки в Футбол На следующий Прогнозы На Спорт Сделать Live Ставку На Спорт на Сайте Бк
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
जिम्मेवारी पूरा नगर्ने आठजना सेवाबाट बर्खास्त
जिम्मेवारी पूरा नगर्ने आठजना सेवाबाट बर्खास्त
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम

तपाईंले छुटाउनुभयो कि?