अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

सारांश

  • चितवन ।
  • जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ ।
  • कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो ।

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो ।

कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार तीन निवेदनमा पीडित र पीडक पक्ष दुवैबीच छलफलपछि मिलापत्र भएको हो । छलफलपछि कतिपय निवेदनमा सावा मात्रै लिने र कतिपयमा चलनचल्तीको दरमा ब्याज लिने सहमति भएको छ ।

यस अवधिमा एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको गत जेठ १४ सम्म जिल्लामा ६० वटा उजुरी परेका थिए । जेठ १४ गतेपछि भदौ २७ गतेसम्म २४ वटा उजुरी दर्ता भएको उनले जानकारी दिए । ती उजुरीमध्ये ३२ जना पीडकले आफ्नो व्यहोरा खुलाएर निवेदनसमेत दिएको उनले जानकारी दिए ।

उनका अनुसार पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारसम्बन्धी छन् । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरी पाउँ भनी निवेदन दिएका छन् ।

परेका उजुरीमध्ये ७१ वटा उजुरीमाथि छलफल भइरहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । छलफलका क्रममा रहेका उजुरीमा समेत सहमतिको प्रयास भइरहेको उनले बताए ।

यसअघि गृहमन्त्रालयले विसं २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । जसमध्ये एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आसिया बीबीको मृत्युदण्ड रद्द भएपछि हंगामा
आसिया बीबीको मृत्युदण्ड रद्द भएपछि हंगामा
गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट
गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी
एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
‘माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’ ओली
‘माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’ ओली